मैले पढेको समाजशास्त्र भन्दा फरक समाजमा म त्यहाँ निर्धक्क बाच्ने छु। थाहा छ आमा ! त्यहाँ दुखिलाई झन् दुख दिने सहर छैन रे ! हाम्रा जस्तै पिढामा खित्का छाडेर हास्ने समाज छैन रे ! खुट्टा तान्ने बस्ति छैन रे ! अनि थाहा छ आमा भोकै पानी पिएर सुत्दा पनि आलोचना गर्ने आफन्त छैन रे।
भो आमा म पनि विदेशिन्छु !!
हामीले स्नातक मा पढेको राजनीतिक शास्त्र भन्दा फरक शास्त्र चल्ने देश रहेछ आमा ,याहा पढेको ज्ञान भन्दा बाबुले बिक्री गरेको जमिन को भाउ बढ्ने सहरमा मल बीउ पनि नपाईदो रहेछ, भो आमा म तेहि जान्छु जहाँ समुन्द्रमा पनि हिरा फल्छ रे !
खोला नालामा पनि तेल बग्छ रे ! खै आमा याहा त बाजेले ले मकै उमार्ने जमिन मा पनि डोजर चल्छ रे !
भो आमा म पनि विदेशिन्छु !!
एक कक्षामा बोकेको शरिरको तौलभन्दा बढि पुस्तकका भारि त महान रहेछ आमा, अहिले म बिसौ तलामा पनि भारि सजिलै पुराउन सक्छु । उ बेला मास्टर ले गुणान नमिल्दा चैते गर्मीमा कुखुरा बनाएको ठिकै रहेछ आमा, अहिले म जत्ति डिग्रीको गर्मीमा पनि सजिलै ,तामिल र मुसल्टेको कुखुरा बन्न सक्ने भएको छु।त्यसैले आमा !!
भो म पनि विदेशिन्छु !
यो सहरमा वावुले बन्दकि राखेको जमिन उठाउदा उठाउदै म आफै कतिपल्ट पल्टे मैले त आफै भुलिसकेछु ।। यो सहरमा लाम र ताति बस्दा बस्दै आमा अहिले भविष्य कुर्ने समेत बानि परि सकेछ ।। अलि कति गरेको व्यबसाय को कर देशको व्यवस्था मिलाउदा मिलाउदै व्यबसायनै गुमि सकेछ आमा तर खै देशको व्यवस्था नै मिलेन, भो आमा !!
म पनि विदेशिन्छु !!
देशको व्यवस्था मिलाउदा मिलाउदै ऋणको भारि बोकेर मुख छोपेर एयरपोट भागेको माथि काईला काका को छोरा,आज त्यहि एयरपोर्टमा यतिका बर्षपछि फेरि पुरै शरिर ढाकेर आएर !! न उस्लाई गज्जाउने शहर रहो, न उस्लाई कुराकाट्ने समाज रहो, न पटकपटक अपहेलित गर्ने आफन्त रहो,, न पाँचौ बर्ष पिछे फोटा र झन्डा समाईदिने हात रहे ।।
अ साचि आमा !!
त्यो सहर पनि फटाहा रहेछ ।मुख ढाकेर देशफर्कन्छु भन्दा पनि आज फेरि लाईन मै परेछ… खै को ठुलै झन्णा बोक्ने दाईलाई फेरि गैराघरे खेत औँठा छाप लगाईदिएछन्रे अब उ लाईन बस्नु पर्दैन रे। भो आमा म पनि विदेशिन्छु।।
लेखकः दिपिन न्यौपाने।

