जसपाका मन्त्रीहरूले बुझाए प्रधानमन्त्रीलाई राजीनामा
असार २१, काठमाडौं। अशोक राईले नेतृत्व गरेको जनता समाजवादी पार्टीका मन्त्रीहरूले राजीनामा बुझाएका छन्।
शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर उनीहरूले प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन्। उपेन्द्र यादव नेतृत्वको जसपा, नेपालबाट अलग भएका अशोक राईको साथमा प्रतिनिधि सभामा सात जना सांसद छन्। जसपाबाट वर्तमान सरकारमा दुई मन्त्री र एक राज्यमन्त्री सहभागी थिए।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादव, वन तथा वातारण मन्त्री नवलकिशोर साह सुडी र स्वास्थ्य राज्यमन्त्री हसिना खानले राजीनामा बुझाएका हुन्। यसअघि नेकपा एमालेले आफ्ना मन्त्री फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा ९एमाले० बीच नयाँ सत्ता समीकरण बनेसँगै प्रधानमन्त्री दाहाल अल्पमतमा परेसँगै जेठ २८ गते विश्वासको मत लिने तयारीमा छन्।

