मौलिकतासहितको आधुनिक विकास गर्दै सूर्यविनायक

असार १८, भक्तपुर । सूर्यविनायक नगरपालिकाले मौलिक र आधुनिकको मिश्रण (फ्युजन) सहितको विकास गरिरहेको जनाएको छ ।

आज नगरपालिकाको विकास निर्माणसम्बन्धी प्रगतिबारे जानकारी दिन राष्ट्रिय सञ्चार केन्द्रले सूर्यविनायक नगरपालिकाको सहयोगमा आयोजना गरेको ‘सूर्यविनायक नगरपालिकाको नमूना विकास अवलोकन तथा स्थलगत अन्तरक्रिया’मा आधुनिक र परम्परागत शैलीको फ्युजनको रुपमा सहर निर्माण भएको जानकारी गराइयो । ‘एक वडा एक फल्चा’ नारासहित नगरपालिकाले आफ्ना १० वटै वडामा ३० लाख बजेटमा पुरानो शैलीका फल्चा एवं चौतारो निर्माण गरेको सूर्यविनायककी उपप्रमुख सरिता तिम्सिना भट्टराईले बताउनुभयो । नगरपालिकाले दिगोे विकासका लागि २० वर्षे आवधिक योजना बनाएर अघि बढिरहेको बताउँदै उहाँले नगरपालिकामा हाल ११ मिटरका ४४ किलोमिटर बाटो रहेकामा २८ किलोमिटर कालोपत्र गरिसकेको, प्रायः सबै खोलामा पुलसमेत बनिसकेको जानकारी दिनुभयो ।

नगरपालिकाभित्रका सबै विद्यालय भौतिक पूर्वाधारयुक्त भएको, यसपटकको एसइईको नतिजामा सामुदायिक विद्यालयको ५६ प्रतिशत र निजी विद्यालयमा ९५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको उहाँको भनाइ छ । नगरपालिकाले ‘उपप्रमुखसँग किशोरकिशोरी कार्यक्रम’ मार्फत कक्षा ९ र १० का विद्यार्थीलाई आवश्यक तालिम दिएको, ‘सिक्दै कमाउँदै’ को अवधारणलाइ अगाडि बढाइएको उहाँले बताउनुभयो ।

नगरपालिकाकाले एक घरधुरीको रु एक हजार तिरिदिएर हाल चार हजार पाँच सय घरधुरी स्वास्थ्य बीमामा आबद्ध गराएको र नगर अस्पतालमा बर्थिङ सेन्टर सञ्चालन गरिएको वडा नं २ का वडाध्यक्ष प्र्रदीप कार्कीले बताउनुभयो । सूर्यविनायकको १ नम्बर वडास्थित कौशलटार–बालकोट–बिरुवा सडकको दुई दशमलव दुई किलोमिटर सडक चालु आर्थिक वर्षमा कालोपत्र गरिएको वडाध्यक्ष सानुकाजी कायस्थले जानकारी दिनुभयो । चरखण्डी मन्दिरमा पनि नगरपालिकाको नीतिअनुसार फल्चा बनाइएको उहाँले बताउनुभयो ।

पूर्वाधार विकासअन्तर्गत नगरपालिकाले विनियोजन गरेको रु एक करोड बजेटमा ४९ लाख थप गरेर पानीट्याङ्कीदेखि गाम्चा जाने सडक कालोपत्र गरिएको वडाध्यक्ष लच्छुराम न्यौपानेले जानकारी दिनुभयो । नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले सङ्घीय सरकार र बागमती प्रदेश सरकारको अनुदानमा नगरपालिकाका विभिन्न नयाँ सडक निर्माण एवं बस्तीभित्र जाने सडक कालोपत्र, मौलिक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले ‘रणबम बस्नेत पाटी’ निर्माण गरिएको र तामाङ बाहुल्यता भएको स्थानमा बुद्धको मूर्ति बनाएको बताउनुभयो ।

सडक, स्वास्थ्य, शिक्षालगायतका पूर्वाधारको निर्माणसँगै नगरपालिकाले खानेपानीको पहुँच सबैमाझ पु९याउने काम गरिरहेको छ । दिगो विकासको योजना २०१५–२०३० अन्तर्गत नेपालले लिएको ९९ प्रतिशत उपभोक्तामाझ खानेपानी पहुँच पु¥याउने लक्ष्य पूरा गर्न नगरपालिकाले मेलम्ची खानेपानी आयोजनासँग २० लाख लिटर पानी लिनेगरि सम्झौता गरेको जनाइएको छ । प्रत्येक वडा एक सदस्य रहने गरी पाण्डुबजारमा निर्माण गरिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको ट्याङ्कीबाट पानी वितरण गरिने र वडाले आफ्नो वडामा खपत भएको पानीको एकमुस्ट पैसा तिर्ने गरी योजना बनाइएको नगरपालिकाका प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.