१३ किलो अफिमसहित तीनजनालाई पक्राउ

असार १२, दाङ । दाङ प्रहरीले १३ किलो अफिमसहित तीनजनालाई पक्राउ गरेको छ ।

तुलसीपुर ८ दुधेनाबाट रुकुमपश्चिमको आठबीसकोटका टेकबहादुर बोहरा, मनकुमारी बोहरा र रुकुम पश्चिमकै सीमीकोटका मोहन पुनलाई गएराति पक्राउ गरिएको हो । इप्रका तुलसीपुरका डीएसपी ठाकुर पोखरेलका अनुसार प्रहरी निरीक्षक प्रकाश थापासहित जिप्रका दाङको सादा पोशाकको टोलीले उनीहरुलाई आफन्तको घरबाट पक्राउ गरेको हो । पक्राउ परेकाहरूलाई हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

रुकुममा अवैधरूपमा खेती गरेर अफिम दाङको तुलसीपुर हुँदै भारत पठाइँदै आएको छ । अफिम कारोबारीले तुलसिपुरलाई ट्रान्जिट प्वाइन्ट बनाउन थालेपछि प्रहरीले निगरानी बढाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.