संसद् भवनभित्रै प्रहरी जवानद्वारा गोली हानी आत्महत्या

असार ५, काठमाडौँ । नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा नेपाल प्रहरीका एक जवानले गोली प्रहार गरेर आत्महत्या गरेका छन् ।

संसद् भवनमा ड्युटीमा खटिएका प्रहरी जवान अजित गोलेको शव आज बिहान ८ बजे शौचालयमा फेला परेको काठमाडौँ प्रहरी प्रमुख वसन्त रजौरेले बताउनुभयो । प्रहरी जवान गोेलेले आफ्नो सेवा राइफलबाट निधारमा गोली प्रहार गरेका उहाँले जानकारी दिनुभयो । घटनासम्बन्धी विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.