एएफसी यु–१६ महिला च्याम्पियनसिप : आज फिलिपिन्सविरुद्ध नेपाल भिड्ने

असोज ३, काठमाडौं । नेपाली किशोरीहरूले बुधबार जितको अपेक्षा सहित हलचोकको मैदानमा भ्रमणकारी फिलिपिन्सविरुद्ध खेल्दै एएफसी यु–१६ महिला फुटबल च्याम्पियनसिप छनोट प्रतियोगिताको सुरुआत गर्दै छन् ।

छनोट समूहको ‘इ’ मा रहेको नेपालले फिलिपिन्सविरुद्ध हलचोकस्थित सशस्त्र प्रहरी बल एपिएफ क्लबको मैदानमा प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल सहित म्यानमार, फिलिपिन्स र मलेसियाले सहभागिता जनाउने छनोट प्रतियोगितामा सिरियाले अन्तिम समयमा नाम फिर्ता लिएपछि चार टोली छनोटका लागि खेल्न लागेका हुन् ।

मंगलबार काठमाडौंमा भएको पत्रकार सम्मेलनमा सबै चार टोलीका प्रशिक्षकले छनोट खेल्न उत्साहित रहेको बताए । नेपाली टोलीकी प्रशिक्षक गंगा गुरुङले नेपालको तयारी राम्रो भएको बताइन् । ‘छनोट प्रतियोगिताका लागि हामीले राम्रो तयारी गरेका छौं, साफ यु–१६ मा हाम्रा बहिनीहरूले धेरै अनुभव हासिल गरेका छन्,’ प्रशिक्षक गुरुङले भनिन्, ‘भुटान जानु पहिला देखि हामीले दुई महिना अभ्यास गरेका थियौं । भुटानबाट आएपछि पनि हामीले तयारीलाई निरन्तरता दिएका छौं, त्यसैले हामीले राम्रो गर्छौं भन्ने अपेक्षा रहेको छ ।’

‘भुटानमा साफ यु–१६ खेलेपछि हामीले धेरै कुरा सिकेका छौं, अर्को चरण प्रवेशका लागि मिहिनेत गरेर खेल्नेछौं,’ कप्तान राईले भनिन्, ‘जितका लागि हामीले शत प्रतिशत मिहिनेत गर्नेछौं ।’

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.