भीम लामा,
असार २, काठमाडौँ । मथिल्लो बागमति सफाई अभियानको ५३९ औँ हप्ता अन्तरगत मुहानमै सफाई अभियानको चौथो हप्ता पूरा भएको छ । बागमती बचाऊ संकल्प कार्यक्रम अन्तरगत बाघद्वार–सुन्दरीजल सफाई अभियानले शनिबार (जेठ १ गते) बागमति नदी मुहान सफाई तथा जनेचतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।
समुन्द्र सतहदेखि करिव २५ सय मिटर उचाई रहेको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज भित्र रहेको पवित्र बागमती नदीको उदगमस्थल बाघद्वारमा वी.पी. सङ्ग्रहालय सुन्दरीजलको व्यवस्थापनमा करिब ६० जनाभन्दा बढी विभिन्न क्षेत्रका व्यक्तिहरू पुगेका थिए । सङ्ग्रहालयको व्यवस्थापनमा देउरालीसम्म बसको व्यवस्था भए पनि करिव साढे एक घण्टा पैदालयात्रा गर्दै बाघद्वार पुगेका थिए । बागमति सफाईका परिकल्पनाकार पूर्व मुख्यसचिव लिलामणि पौड्याल, अभियानका वरिष्ठ अभियन्ता एवम् गाईबाच्छा संरक्षण अभियानकर्मी उत्तम पुडासैनी, वी.पी. सङ्ग्रहालयका अध्यक्ष परशुराम पोखरेल, अभियन्ता भगवान पुडासैनी लगायत विभिन्न क्षेत्रमा सक्रिया व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
अभियानलाई तिब्रता दिन विशेष पाठ पूजा गरि प्रतिवद्धतता सहितको बागमति नदी मुहान परिसरमा रहेको फोहोर संकल तथा वर्गिकरण गरि व्यवस्थापन गरिएको छ । सो कार्यलाई सफल बनाउन वी.पी. सङ्ग्रहालयका अध्यक्ष परशुराम पोखरेलले दुई वटा विरूवा वृक्षरोपण समेत गरेका छन् ।

कार्यक्रममा बोल्दै बगमति सफाइ अभियानका परिकल्पनाकार पूर्व मुख्यसचिव लिलामणि पौड्यालले मान्छेलाई जागारण जगाउने उद्देश्यले सुरु गरेको महाअभियानले थुप्रै अभियानहरू जन्मिएको बताएका छन् । अभियानकै क्रममा उत्तम पुडासैनीको अगुवाइमा मथिल्लो भेगको सफाई सुरू भएको बताउँदै त्यस अभियान निकै उदहारणीय र गर्व गर्न लायक भएको बताए । सरसफाई अभियानमा जन्मिएका सयौँ अभियानमध्ये अनुकरणीय र गर्व गर्न लायकको अभियानको रूपम मथिल्लो भेगको बागमति सरफाई अभियानलाई लिनुपर्ने बताए ।
मुहानमा भएको फोहोर काठमाडौँको बसिन्दासंग पुग्ने भएकोले सरोकारवाला र जनप्रतिनिधिहरूले पनि विशेष ध्यान दिन आग्रह गरे । अभियानमा जबरजस्तभिन्दा पनि चेतनाका हिसावले सहभागीता गराउनुपर्ने उनले बताए । अभियान सुरूदेखि हालसम्मा आईपुग्दा बागमति नदी सफाईमा २० हजार मेट्रिक टन फोहोर उठाएको १५ लाखभन्दा बढि मानिस सहभागी भएको उनले बताए ।

कार्यक्रममा वी.पी. सङ्ग्रहालयका अध्यक्ष एवम् सामाजिक अभियन्ता परशुराम पोखरेलले फाहोर फाल्न नदेऊ र हामी पनि नफ्याकौँ भन्ने प्रतिबद्धततासहित पाठपूजा गरि सफाईलाई तिब्रता दिए । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जले आरक्षण केन्द्रको नाममा बदमासी गरेको भन्दै त्यस्तो नगर्न आग्रह गरे । धार्मिक एवम् प्राकृतिक पवित्रस्थल बाघद्वारलाई मानव समुदायले संरक्षण गर्नुको विकल्प नरहेको भन्दै सम्बन्धित पक्षले सहजीकरण गरिदिन पोखरेले आग्रह गरे । राष्ट्रिय निकुञ्जले मानवको आस्थाको केन्द्रमा व्यक्तिलाई उपस्थित हुन बञ्चित गर्न नहुने समेत उनले बताए ।
बागमति सरसफाई अभियन्ता उत्तम पुडासैनीले बागमति नदी तथा जुनसुकै क्षेत्रको सफाई अभियानले सामाजिक, साँस्कृतिक एवम् धार्मिक रूपमा चेतनाको विकास पु¥याउने बताए । उनले सफाई अभियानकर्मीहरूलाई धर्ती जोगाउन समर्पण गर्नुपर्ने बताए ।

बागमतिको शिर अर्थात् बाघद्वारमा हरेक वर्षको वैशाख १ गते बौद्ध र हिन्दू धर्मलम्बीहरू पुजापाठ तथा दर्शन गर्न आउने गरेको त्यहाँका पुजारी ऋषि सत्यनन्द शिवाचार्य बाघद्वार बाबाले जानकारी दिए । अहिले दिनाहुँ अन्तारिक तथा बाह्या पर्यटकहरू पनि आउने गरेको बताए । अन्य दिनभन्दा शनिवार हाइकिङ गर्दै मन्दिर दर्शन गर्न आउनेको संख्या बढी नै रहेको बताए । बाघद्वार बाबा शिवाचार्यले बागमति नदी मुहानको संरक्षण धार्मिक आस्थालाई जोगाइराख्न स्नान गरि दैनिक द्वपमा पूजापाठ गर्दै आईरहेको बताए । त्यहाँका पुजारी अर्थात् बाघद्वार बाबाले कुटीमा बत्ति र बसास्थानको व्यवस्था गर्न सरकारलाई गुहारेका छन् ।

तर पछिल्लो समयमा निकुञ्जका कर्मचारीले त्यहाँबाट हटाउन कसरत गरेकोले पुजारी चिन्तित छन् । करिब १८ वर्षदेखि सानो आँध्यारो र पानी चुहिएने कुटीमा बस्दै आउको छ । तर त्यसकै माथिल्लो भागमा भारतबाट आएको टोड्के बाबा बस्छन् । उनीसंग जस्ताका र लज जस्तै आश्रम छ । त्यहाँ करि ७ वटा सोलारबत्ति जडान गरिएको छ । दैनिक आउने व्यक्तिहरूलाई खाना बनाउने, चिया नस्ता लगायत हरेक वस्तु विक्री बितरण गर्दै आएको छ । टोड्के बाबासंग खाना बनाउन अर्डर आउँछ र व्यापार गर्छन् उनलाई भने निकुञ्जले संरक्षण गर्दै आइरहेको छ । टोड्के बाबाले त्यस बाघद्वार मन्दिरमा पूजा आराधाना गर्दैन भन्ने कुरा आफै स्वीकार गर्छन् । तर विडम्बना दैनिक शुद्ध मन, वचन र कर्मले पूजाआराधाना गर्ने नेपाली पुजारीलाई भने निकुञ्ज कर्मचारीले लखेट्न लागेको जानकारी प्राप्त छ ।



