आचार्य समाज ललितपुर अधिवेशन सम्पन्न : सभापतिमा पुस्कर आचार्य

जेठ ३२, काठमाडौं । आचार्य बन्धु समाज नेपाल ललितपुर जिल्लाको सभापतिमा पुस्कर आचार्य निर्बाचित भएका छन् ।

शुक्रबार (आज) ललितपुरको इमाडोलस्थीत आँगन पार्टी प्यालेसमा सम्पन्न पहिलो अधिवेशन तथा भेलाबाट समाजसेवी पुस्कर आचार्य सभापतिमा निर्बाचित भएका हुन् । यसैगरी समाजको उपसभापतिमा पुरुसोत्तम आचार्य, सचिवमा पुस्कर आचार्य, सहसचिवमा सुमन आचार्य, कोषाध्यक्षमा मधुसुदन आचार्य निर्बाचित भएका छन् ।

आचार्य बन्धु समाज नेपालको केन्द्रीय कार्यासमितिद्वारा प्रकाशित गरिएको क्यालेण्डरसमेत निःशुल्क वितरण गरिएको उक्त अधिवेशनले सदस्यहरुमा पवन आचार्य(केसी), मधुसुदन आचार्य (टाँखेल), कपील आचार्य, कृष्ण प्रसाद आचार्य, राम प्र आचार्य, रुपा आचार्यसहित १९ सदस्यीय समिति चयन गरेको छ ।

जिल्ला सभापति रहेका अधिवक्ता गणेश आचार्यले उक्त अधिवेशनको सभापतित्व गरेका थिए भने केन्द्रीय अध्यक्ष बाबुराम आचार्यको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको थियो । अधिवेशनमा आचार्य बन्धु समाज नेपालका पुर्व उपाध्यक्ष चिरन्जीवी आचार्य, संसदका पूर्व सचिव मुकुन्द शर्मा आचार्य, नेकपा एमाले ललितपुरका जिल्ला अध्यक्ष पुरुसोत्तम आचार्य, आचार्य बन्धु समाज नेपालका केन्द्रीय सदस्य भूमिराज आचार्यलगायत लब्ध प्रतिष्ठीत कौडिन्य गोत्रीय आचार्यहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा केन्द्रीय अध्यक्ष बाबुराम आचार्यले निर्वाचित पदाकिारी तथा सदस्यहरुलाई खाता र अभीरले स्वागत गर्दै आर्थिक रुपमा पारदर्शी राख्न, राजनीतिकरण नगर्नलगायत आचार्यहरुको भावनाअनुसार अगाडी बढ्न नवनिर्बाचित समाज सक्षम रहेको भन्दै शुभकामना दिएका थिए ।

आचार्य बन्धु समाज नेपालले पछिल्ला समयमा ५० भन्दा बढी जिल्लामा समिति निर्माण गर्दै अधिवेशन गर्ने कार्य गरेको र बनेका जिल्लामा स्थानीय समितिहरुसमेत बन्दै गएको केन्द्रीय सदस्य भुमि आचार्यले जानकारी दिए

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.