एकल महिलालाई आत्मनिर्भर बनाउने पालिकाको प्रयास

जेठ ३१, चितवन । कालिका नगरपालिकाले नगर क्षेत्रका ५५ जना एकल महिलालाई आयआर्जनका लागि बाख्राको पाठी वितरण गरेको छ ।

यहाँ बुधबार आयोजित एक कार्यक्रममा प्रत्येक वडाका पाँच जना एकल महिलालाई पाठी वितरण गरिएको हो । नगर क्षेत्रका एकल महिलालाई उत्पादन, आयआर्जन र उद्यमशीलतामा जोड्ने उद्देश्यले बाख्राको पाठी वितरण गरिएको कालिका नगरपालिका प्रमुख विनोद रेग्मीले बताउनुभयो । सीमित बजेटका कारण प्रतिव्यक्ति एउटा पाठी प्रदान गरिएको उहाँले बताउनुुभयो ।

उहाँले एकल महिलाको साथमा नगरपालिका रहेको र हरेक समस्यामा साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । पाठी बिरामी भएमा नगरपालिकाको पशु सेवा कार्यालयबाट उपचारको व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.