उद्योगमन्त्री भण्डारी र बेलायती राजदूत फेनबीच भेटवार्ता

द्धिपक्षीय व्यापार तथा लगानीका विषयमा छलफल

जेठ ३०, काठमाण्डौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र संयुक्त अधिराज्य बेलायतका राजदूत रब फेनबीच भेटवार्ता भएको छ ।

सिंहदरवारस्थित उद्योग मन्त्रालयमा भएको भेटवार्तामा द्धिपक्षीय हित र आपसी सहयोगको विषयमा छलफल भएको थियो । मन्त्री भण्डारीले बेलायती राजदूतसंगको भेटमा जलविद्युत् तथा ऊर्जा क्षेत्रको साथै उत्पादनमूलक उद्योग, सूचना प्रविधि र अन्य सेवा क्षेत्रमा बेलायती लगानीको लागि ठोस प्रयास हुने विश्वास व्यक्त गर्नुभयो । मन्त्री भण्डारीले नेपाल सन् २०२६ मा अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने भएको भन्दै त्यस पश्‍चातको केही वर्षको लागि DCTS अन्तर्गतको अति कम विकसित मुलुकलाई प्रदान गरिएको सुविधाको निरन्तरताको लागि पहल गरिदिन आग्रह गर्नुभयो ।

उहांले नेपालको उत्पादनशील क्षमता विकास गरी निर्यात अभिवृद्धि गर्नको लागि उद्योग तथा निर्यात व्यापार लक्षित प्राविधिक सहायता विस्तारको लागि समेत भेटमा अनुरोध गर्नुभएको छ । ‘अन्तरआवद्धता, पूर्वाधार विकास, ऊर्जा, व्यापार, पर्यटन, लगानी तथा जनस्तरको सम्बन्ध लगायतका क्षेत्रमा बेलायत सरकारसँग साझेदारी विस्तारमा नेपाल प्रतिवद्ध छ । हामी उद्योग,जलविद्युत र शिक्षा क्षेत्रको विकासमा बेलायतको अनुभव,ज्ञान,सीप र प्रविधिबाट लाभान्वित हुन चाहन्छौं ।’ मन्त्री भण्डारीले भेटमा भन्नुभयो । भेटमा बेलायती राजदूतले नेपालको निजी क्षेत्रको विकास बेलायतको प्राथमिकतामा रहेको भन्दै नेपाल सरकारसंग नजिक भएर काम गर्न इच्छुक रहेको धारणा राख्नुभयो । उहांले भेटमा नेपाली नियार्तलाई प्रर्वद्धन गर्न आफुहरुले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

बेलायती राजदूतले बेलायत खुला अर्थतन्त्रको पक्षपाति मुलुक भएको भन्दै नेपाल र विश्व वजारको विचमा आफुले सेतुको भुमिका खेल्ने बताउनुभयो । भेटमा बौद्धिक सम्पति संरक्षण तथा प्रवद्र्धन र द्धिपक्षीय व्यापार तथा लगानीका विषयमा पनि समेत छलफल भएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.