स्वस्थ बानी अपनाउनका लागि नेपालमा पहिलो पटक मनाइयो ‘ग्लोबल वेलनेस डे’

जेठ २७, काठमाडौँ । नेपालमा पहिलो पटक ‘ग्लोबल वेलनेस डे’ मनाइएको छ ।

स्पा सङ्घ नेपालको आयोजनामा नेपालमा पहिलो पटक ‘ग्लोबल वेलनेस डे’ मनाइएको हो । स्पा सङ्घका अध्यक्ष सुरेश पुरीले नेपाल पनि पाहिलो पटक आत्म–हेरचाहलाई प्राथमिकता दिन, स्वस्थ बानी अपनाउनका लागि मनाइएको बताउनुभयो । स्पा सङ्घकै आयोजनामा आज ठमेलमा विविध कार्यक्रम गरि मनाइएको छ । ट्रयाङ्क्वालिटी स्पाका कार्यकारी निर्देशक समेत रहनु भएका पुरीले नेपालको स्पा तथा वेलनेस क्षेत्र अन्तराष्ट्रिय स्तरमा विकसित हुदै गएको अवस्था रहेको र नेपालले स्पा र वेलनेस क्षेत्रबाट राज्यले धेरै बिदेशी मुद्रा आर्जन गर्न सक्ने कुरा बताउनु भयो ।

स्पा संघ नेपालका निवर्तमान अध्यक्ष शुभलाल थिङले स्पा थेरापी गर्दा ध्यान र प्राथनासहित गर्दा अझ फाइदा हुने बताउनु भयो । नेक्टर स्पाका संचालक तथा योग गुरु अमृत थोकरले कार्यक्रमा सबैलाई योग सिकाउदै योग, स्पा, वेलनेसको माध्यमबाट व्यक्तिको शारिरीक, मानसिक र भावनात्मक तनाव तथा थकान मेटाई शरीर, मन र मस्तिष्कलाई स्फूर्त, सकारात्मक विचार दिने कुरा बताउनु भयो । एकुपञ्चर बिशेषज्ञ कैलाश सिहं थारुले स्पा क्षेत्रमा कार्यरत संचालक तथा थेरापिष्टले अझैपनि आफूलाई खुलेर स्पा संचालक वा स्पा थेरापिष्ट भनेर चिनाउन नसकिरहेको अवस्थालाई चिरेर अगाडी बढ्नुपर्ने बताउनुभयो ।

उहाँले त्यसकालागि सचेतना सहित संघले बेला बेलामा सकारात्मक उत्प्रेरणा सहितको तालिमको ब्यबस्था गर्न गर्नुपर्ने कुरामा दिनुपर्ने बताउनु भयो । अकुपञ्चर विशेषज्ञ रामदेव महत्तोले दिवसमा शारिरीक, मानसिक रुपमा स्फुर्त गर्ने योग, ध्यान, साइकिलिङ, स्वस्थ खाना, आराम तथा स्पा वेलनेस गर्न प्रत्साहित गर्ने दिनको रुपमा नेपालमा पनि पग्लोेबल वेलनेस डे मनाउने थालिएको बताउनुभयो । यसैगरि सङ्घले आज विहान प्रभातफेरि कार्यक्रम गरेको छ । ठमेलको संचयकोषबाट सुरु भएको प्रभातफेरी ज्याठा, ठहिटी, नरसिंह चोक, जक्षेत्रपाटी, पक्नाजोल हुँदै भगवानबहालमा पुगेर योग अभ्यासको कार्यक्रम सहित सम्पन्न गरिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.