प्रकाण्डलाई थुनामा राख्नुको कारण ३ दिनभित्र पेश गर्न सर्वोच्चको आदेश

असोज १, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई थुनामा राखिरहनुको कारण ३ दिनभित्र पेश गर्न सरकारलाई सर्वोच्च अदालतले आदेश दिएको छ ।

गत भदौ २९ गते सर्वोच्च अदालतको बन्दी प्रत्यक्षीकरण आदेशबाट रिहा भएका प्रकाण्डलाई त्यसै दिन पक्राउ गरी उदयपुर लगिएकाले उनका भाई वीरेन्द्र विश्वकर्माले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले उनलाई थुनामा राखिरहनुपर्ने कुनै कारण भए बन्दीसहित ३ दिनभित्र पेश गर्न आदेश दिएको हो ।

प्रकाण्डलाई सरकारले गैरकानुनी रुपमा थुनामा राखेको भन्दै उनका भाइले रिहाइको माग गरेका हुन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.