जेठ २३, काठमाडौँ । काभ्रेको बनेपामा हिमाल–तराई यातायात सेवा प्रालि र अरनिको यातायात सेवा प्रालिका कर्मचारीबीच कुटाकुट भएको छ ।
अरनिको यातायातका कर्मचारीले राजमार्गमा बस तेर्स्याएर चक्काजाम गरेपछि बढेको विवाद झडपमा परिणत भएको हो । सडक खुलाउने प्रयासमा पुगेका ट्राफिक प्रहरीकै अगाडि उनीहरूबीच कुटाकुट भएको हो । अहिले भने अवस्था सामान्य भएको प्रहरीले जनाएको छ । जेठ २२ गते ओखलढुंगा र काठमाडौंमा दुई यातायात कर्मचारीबीच भएको विवादलाई लिएर हिमाल तराई यातायातका व्यवसायीले पूर्व अरनिको यातायात प्रालिको बा–०१–००६–५५७१ नम्बरको बसलाई बुधबार बिहान ७ बजे बनेपा बुडोलमा रोकेपछि विवाद शुरु भएको थियो । प्रहरीले पूर्व अरनिको यातायातको बस र चालकलाई नियन्त्रण लिएको पूर्व अरनिको यातायात व्यवसायीले जनाएका छन् ।
सो विषयलाई लिएर पूर्व अरनिको यातायात व्यवसायीले बीच सडकमै यातायात रोकी सडक अवरुद्ध गरेका हुन् । प्रहरीले पक्राउ गरेको सवारी र चालकलाई रिहाइ गर्न माग राख्दै बिहान साढे ८ बजेदेखि यातायात अवरुद्ध गरिएको पूर्व अरनिको यातायात प्रालिका कोषाध्यक्ष राजु पौडेलले जानकारी दिए । उनीहरूले बनेपास्थित ट्राफिक प्रहरी कार्यालय अगाडि यातायात तेर्स्याएर सडक अवरुद्ध गरेका थिए । यातायात व्यवसायीहरूबीचको आन्तिरक विवादका कारण राजमार्ग हुँदै सवार गर्ने यात्रुले सास्ती पाएका छन् ।
भिडियो हेर्नुहोस् ।
https://www.facebook.com/PrarambhakhabarNews/videos/2361880657523358

