विश्वकपमा आज नेदरल्यान्ड्सविरूद्ध खेल्दै नेपाल

जेठ २२, काठमाडौं । आइसीसी टी–२० विश्वकप २०२४ अन्तर्गत नेपालले आज नेदरल्यान्ड्सविरूद्ध खेल्दैछ । नेपाल र नेदरल्यान्ड्सबीचको खेल अमेरिकाको डालासस्थित ग्रान्ड प्रिएरी क्रिकेट रंगशालामा राति सवा नौ बजे सुरु हुँनेछ । नेपालले १० वर्षपछि विश्वकप खेल्न लागेको हो ।

विश्वकपमा नेपाल र नेदरल्यान्ड्स पहिलो पटक भिड्न लागेका हुन् । नेपालले ११ जुनमा श्रीलंकाविरुद्ध फ्लोरिडामा दोस्रो खेल खेल्नेछ भने दुई खेल वेस्ट इन्डिजमा खेल्नेछ । सेन्ट भिन्सेन्ट रंगशालामा १४ जुनमा दक्षिण अफ्रिकाविरुद्ध र १६ जुनमा बंगलादेशविरुद्ध नेपालले खेल्नेछ ।

नेपाली टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिस जिसी, सन्दीप जोरा, अभिनास बोहरा, सागर ढकाल, कमलसिंह ऐरी रहेका छन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.