राष्ट्रियस्तरको कांग्रेसको प्रशिक्षण सकियो

जेठ २०, काठमाडौँ । नेपाली कांग्रेस चितवनले तीनदिने राष्ट्रियस्तरको आवासीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । केन्द्रीय नेताहरूले तालिम दिनुभएको हो ।

नेपाली कांग्रेसका केन्द्रीय प्रशिक्षक प्रशिक्षण विभागका पूर्वसंयोजक विमलेन्द्र निधिले समावेशिता र समाजवादका बारेमा प्रशिक्षण दिनुभएको थियो । पार्टी नेता गोविन्दराज पोख्रेलले नेपाली कांग्रेसको प्रजातान्त्रिक समाजवाद, गत निर्वाचनको घोषणापत्र र आगामी दिनको अर्थनीतिका बारेमा प्रशिक्षण दिनुभएको थियो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नयनसिंह महरले प्रतिपक्षको आरोपको प्रतिवाद र प्रकाश रसाइलीले दलित मुद्दाहरूका बारेमा प्रशिक्षण दिनुभएको थियो ।

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी, कांग्रेसको केन्द्रीय प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेश आचार्य, पार्टीको वाग्मती प्रदेशका प्रशिक्षण शाखाका निर्देशक राजु नेपाल, डा सञ्जय चौधरी, एकनारायण पौडेल, प्रकाश अधिकारी, केशव चालिसेले समसामयिक राजनीति र प्रविधिका बारेमा प्रशिक्षण दिनुभएको थियो ।

जिल्लाका ५३ जना अगुवा कार्यकर्ता तालिममा सहभागी भएका थिए । शनिबार अबेर तालिमको समापन गरिएको हो । तालिममा सहभागीहरूले पार्टीको नीति र अभियानलाई गाउँगाउँमा पुर्याउने तालिमका संयोजक नेपाली कांग्रेस चितवनका प्रशिक्षण शाखाका संयोजक शालिकराम पौडेलले जानकारी दिनुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.