कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा अनिता लिम्बू

जेठ १७, काठमाडौं । हालै सम्पन्न विश्व प्रसिद्ध कान्स फिल्म फेस्टिभलको ७७औँ श्रृँखलामा नेपाली मोडल अनिता लिम्बूले सहभागिता जनाएकी छन् । कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा हिँडेको तस्बिरहरु उनले सामाजिक सञ्जाल फेसबुकमा शेयर गरेकी छन् ।

लामो समयदेखि बेलायत बस्दै आएकी पुर्खौली ताप्लेजुङकी अनिताले लण्डन फेसन विक जस्ता थुप्रै अन्तराष्ट्रिय फेसन शोहरुमा वाक गरिसकेकी छन् । विश्व चर्चित टेलिभिजन रियालिटी शोमा समेत सहभागिता जनाइसकेकी अनिताले विशेषगरी म्युजिक भिडियोमा मोडलिङ गर्दै आएकी छन् । उनले केही हलिउडको म्युजिक भिडियोमा समेत अभिनय गरेकी छन् ।

अन्तर्राष्ट्रिय मोडलको ख्याती कमाएकी मोडल अनिता लिम्बूको नेपाली फिल्ममा काम गर्ने इच्छा छ ।  अहिले पनि फिल्ममा अभिनय गर्ने रुची कायमै रहेको उनको भनाइ छ ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.