जेठ १६, काठमाडौँ । गायक पासाङ लामा र गायिका सर्मिला तामाङको गीत ‘हुन्छ रे म त दुइटीको पोइ’ सार्वजनिक भएको छ ।
यस अघि पनि ६ वटा गीत बनाइसकेका गायक पासाङको शब्दमा रहेको तामाङ सेलो गीतलाई जोगलाल लामाले संगीत र एरेन्ज गरेका छन् । मिन्सिङ स्टुडियोमा रेकर्डिङ भएको सो गीतमा दिपेस प्रधानको मिक्सिङ रहेको छ भने रेकर्ड प्रयास दोङले गरेका हुन् ।
निकै मनोरञ्जनात्मक ठट्यौली शैलीमा प्रस्तुत भएको सो गीतको भिडियो पनि सार्वजनिक भएको छ । चलचित्र निर्देशक समेत रहेका बाबु जिम्बाले निर्देशन गरेका उक्त भिडियोमा निर्देशक स्वयम् बाबु जिम्बा, निर्मला मोक्तान, सुस्मा तामाङ र हेमन्त लामाले अभिनय गरेका छन् । काभ्रे भन्ज्याङको धार्मिक पर्यटकीय सुन्दर दृश्य समेटिएको म्युजिक भिडियोलाई मरूभूमि नारायणले छायाङ्कन गरेका हुन् । कलर मिक्सिङ निर्देशक जिम्बाको रहेको छ भने सम्पादन डिके हमालले गरेका छन् ।

