असार १ गतेदेखि पशुपतिनाथका चारवटै ढोका खुल्ला हुने

जेठ १६, काठमाडौं । असार १ गतेदेखि पशुपतिनाथ मन्दिरको चारवटै ढोका खोलिने भएको छ । पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार पशुपतिनाथ दर्शन गर्नेहरुको संख्या बढ्दै गएका कारण चार वटै ढोका खोल्न लागिएको हो ।

उनले भारतीय लगायत विभिन्न देशबाट पशुपतिनाथ दर्शनका लागि आउने दर्शनार्थीहरूको आगमन बढ्दै गएको बताए । ‘पर्यटकको चापलाई कम गर्न र सहज रुपमा दर्शन होस् भनेर कोषले असार १ गतेदेखि पशुपतिनाथका चारवटै ढोका खोल्ने निर्णय भएको छ ।’ अधिकारीले भने । पहिला शिवरात्रि, तीज र बालाचतुर्दशीका दिन मात्रै पशुपतिनाथ मन्दिरको चार वटा ढोका खोल्ने गरिएको थियो प्रवक्ता अधिकारीले जनाए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.