सार्वजनिक संस्थानलाई होल्डिङ कम्पनीमार्फत सञ्चालन गरिने

जेठ १५, काठमाडौं । सरकारले सार्वजनिक संस्थानलाई होल्डिङ कम्पनीमार्फत संचालन गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन् ।

उनले यसका लागि निजी क्षेत्रको भूमिका बढाउने रणनीति सार्वजनिक गरेका छन् । “सार्वजनिक संस्थानलाई एकीकृत रूपमा होल्डिङ कम्पनीमार्फत सञ्चालन गर्न कानुनी व्यवस्था मिलाइनेछ,” अर्थमन्त्री पुनले भने, “सार्वजनिक संस्थानको जग्गा र चारकिल्ला एकीन गरी सम्पत्ति संरक्षण गरिनेछ ।” उनले सार्वजनिक संस्थानलाई सम्भाव्यताका आधारमा पब्लिक लिमिटेडमा रुपान्तरण गरिने र रोजगारी र उत्पादनमा योगदान गर्ने आधारमा बन्द उद्योग सञ्चालन गरिने बताए ।

“सार्वजनिक संस्थानलाई सम्भाव्यताका आधारमा पब्लिक लिमिटेडमा रुपान्तरण गरिनेछ । उत्पादन र रोजगारीलाई योगदान गर्नसक्ने रुग्ण उद्योग निजी क्षेत्रसँगको साझेदारीमा सञ्चालनमा ल्याइनेछ,” अर्थमन्त्री पुनले भने, “निजी क्षेत्रका रुग्ण उद्योग सञ्चालन गर्न सहजीकरण गरिनेछ ।” उनले बन्द अवस्थामा रहेका विराटनगर जुटमिल, हेटौँडा कपडा उद्योग, गोरखकाली रबर उद्योगलगायतका उद्योग सार्वजनिक निजी साझेदारीमा सञ्चालनमा ल्याइने पनि घोषण गरे ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.