हरि भेटवाल,
भदौ ३१, नुवाकोट । किसान चौतारी नेपालको किसान भेला तथा अन्तरक्रिया कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।
नुवाकोटको विभिन्न स्थान बाट किसानहरु छहरेमा भेला भई अहिले किसानले भोग्नु परेको बजारको समस्या राज्य सरकार बाट किसान लाई दिईने विभिन्न कार्यक्रममा रहेको अनुदान वास्तविक किसानले सहि तरिकाले नपाएको र कृषकहरु ब्याबसायिक रुपमा अघि बढनु पर्ने ठाउँमा किसान उत्पादन को उचित मूल्य नपाए र बिस्थापि हुन परेको समस्या किसानहरुले धारणा राख्नु भएको थियो ।
कार्यक्रममा किसान चौतारी का केन्द्रीय अध्यक्ष अरविन्दर् सुवेदीले अहिले नेपाल मा किसानहरुले उत्पादन गरेको कृषि उत्पादन भन्दा बाहिरी देस बाट आउने कृषि उपज सस्तो भएको ले यहाँ को किसानले उचित मूल्य पाउन नसकेको र बाहिर बाट नेपाल मा आयत हुने कृषि उपज सरकारले रोकि देशमा नै उत्पादन गरि किसानलाई उचित मूल्य दिन र कृषि मा आत्मनिर्भर हुनु देस भरका किसान एकजुट भई सगठित भई सरकारलाई दबाब दिनुपर्ने बताउनु भयो । र यसका लागि नुवाकोट मा पनि किसान हरु सगठित भई अघि बढन किसान चौतारी को भेला आयोजना गरिएको जानकारी दिनु भयो ।

भेला मा किसान चौतारी नेपाल का सचिव टीका सुवेदी केन्द्रीय सदस्य किष्ण अधिकारी नरेन्द्र श्रेष्ठ लक्ष्मण बिडारि फार्मेस टाक्सफोर्सका सञ्जय चन्द्र श्रेष्ठले किसान हरु सग छलफल र समस्याको बारेमा अन्तक्रिर्या गर्नु भएको थियो । भेलाले किसान चौतारी नेपाल नुवाकोट शाखा गठन गरेको छ ।जसमा इन्द्र बहादुर थापको सम्योजनमा १५ सदस्यीय किसान चौतारी नेपाल र सरोज थपलिया को सम्योजनमा ७ सदस्यीय फार्मस टास्क फोर्स गठन भई भेला सम्पन्न भएको छ।

