पत्रकार महासंघको निर्वाचन केन्द्रित गतिविधिमा समाजवादी प्रेस संगठन

जेठ १२ काठमाडौँ समाजवादी प्रेस संगठन नेपालले पत्रकार महासंघको निर्वाचन लक्षित गतिविधि सञ्चालन गरेको छ।

शनिबार समाजवादी प्रेस संगठन काठमाडौँ जिल्ला कमिटीले आयोजना गरेको विशेष भेला तथा अन्तरक्रिया कार्यक्रम मार्फत महासंघको निर्वाचन लक्षित गतिविधिलाई तीव्रता दिएको छ। श्रमजीवी पत्रकार र पत्रकारिता क्षेत्रमा देखिएका विकृति र विसंगतिहरुलाई निरुत्साहित पार्न महत्वपूर्ण भूमिका निभाउने बताएको छ । सो भेलाले काठमाडौँ जिल्ला शाखामा अप्सरा गौतमलाई अध्यक्षको उम्मेदवार बनाएको छ। गौतम काठमाडौँ नेपाल पत्रकार महासंघ काठमाडौँ जिल्ला शाखाकी उपाध्यक्ष समेत हुन्।

नेकपा (एकीकृत समाजवादी)का प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाको प्रमुख अतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा प्रचार विभाग सचिव प्रकाश खतिवडा, प्रेस संगठनका संस्थापक अध्यक्ष शम्भु श्रेष्ठ, प्रेस संगठनका केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदी, नेपाल पत्रकार महासंघका सचिव गोविन्द चौलागाई, महासंघकै केन्द्रीय सदस्य शन्तराम विडारी लगायतले धारणा राखेका थिए।

पार्टी प्रचार विभाग प्रमुख खतिवडाले जिल्लादेखि केन्द्रसम्म अनुभव र योगदानको आधारमा सहमति, सहकार्य र सद्भावसहित उम्मेद्वार छनोट गर्न सुझाव दिए। महासंघको निर्वाचनमा आइपर्ने समस्यालाई समाधान गर्न पार्टी पंक्तिबाट समेत सहयोग गरिने बताए। समाजवादी प्रेस संगठन जिम्मेवार पत्रकारहरूको संगठन भएकोले सशक्त भएर लाग्न निर्देशन दिए।

समाजवादी प्रेस संगठन आफ्नो जिल्ला कमिटीका अध्यक्ष भीम लामाले आफ्नो उम्मेदवारलाई जिताउनका लागि अभियानलाई निरन्तरता दिने बताए। नेपाल पत्रकार महासङ्घ देशभरकै शाखामध्ये काठमाडौँ जिल्ला पत्रकारहरूको सङ्ख्याको हिसाबले ठूलो रहेको बताउँदै सफल सक्षम र इमान्दार पत्रकारहरूको नेतृत्व गर्न सक्ने उम्मेदवार समाजवादी प्रेस संगठनले खडा गरिएको बताए । अध्यक्षको उम्मेदवारसँगै अन्य पदाधिकारीका लागि पनि केही दिनमै नाम सार्वजनिक गरिने बताए ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.