भदौ ३०, काठमाडौं । राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा नेपाली भूमिको रक्षाका लागि जोडदार माग गरेका छन् । “सीमा रक्षाका लागि युवा अभियान”ले आयोजना गरेको सो कार्यक्रममा विभिन्न वक्तहरुले त्यसतर्फ राज्य सञ्चालकहरु गम्भीर हुनुपर्ने बताए ।
नेपाल पर्यटन बोर्डमा आयोजना भएको कार्यक्रमले चीन र भारतले व्यवसायिक प्रयोजनको लागि प्रयोग गर्ने भनेको नेपाली भूमी लिपुलेक सम्बन्धमा सन् २०१५ मे १५ मा गरेको दफा २८ खारेज गर्ने सम्बन्धको शिर्षकलाई मुख्य विषय बनाइएको थियो ।कार्यक्रममा सीमाविद बुद्धि नारायाण श्रेष्ठले उत्तरी सीमामा रहेको विश्वसामु नेपाललाई चिनाउने सगरमाथाको उचाइ मापनको लागि नेपालले सम्पूर्ण गृहकार्य गर्न बाँकी रहेको कारणले गर्दा सगरमाथाको उचाई मापन गर्ने कार्य तत्काल नभएको बताएका थिए ।
परराष्ट्र तथा सीमाविद हिरण्यलाल श्रेष्ठले कार्यक्रममा बोल्दै भने लिपुलेक र कालापानीको सीमाना मिचिएको बारेमा बोल्न नसक्नेहरु नै त्यहाँबाट आएर अहिले सानालाई मिचेर ठूलालाई हाइहाइ गर्न थालेको कारण सीमाको विषयमा कोहि बोल्न नसकेको बताएका थिए । सीमानाको विषयमा राष्ट्रवादी भनेर नाम कहलिएका राजा महेन्द्रको पनि स्पष्ट पनि धारणा नरहेको समेत बताएका थिए । कार्यक्रममा प्रदेश ३ का सांसद लक्ष्मण लम्सालले सरकारले पनि सीमाको विषयमा स्पष्ट धारणा दिन नसकेको बताएका थिए । नेपालमा विभिन्न क्षेत्रबाट सीमा सम्बन्धी काम गर्ने संघसंस्थाहरुले सीमाको विषयमा गम्भीर रुपका कुरा उठाउन नसक्दा दिनानुदिन सीमा अतिक्रमण हुन नछोडेको समेत बताएका थिए ।
सीमा रक्षाका लागि युवा अभियानका महासचिव टिका सुवेदीले कार्यक्रमको सञ्चालनको लागि आगमी दिनमा सबै पक्षको सहयोग आवश्यक रहेको बताएका थिए । साथै कार्यक्रममा बोल्दै अभियानका प्रवक्ता सहदेव चौलागाईले सीमा रक्षाको लागि विभिन्न तहको सरकारसँग समन्वयन गरी सशक्त रुपमा युवाहरुले नै अभियान चलाउनुको विकल्प नभएको बताएका थिए । सीमामा मारिने गोविन्द गौतम जस्ता शहिदहरुले दिएको योगदान कहिले नै भुल्न नसकिने बताएका थिए ।
कार्यक्रमका अन्त्यमा सभापती रामचन्द्र गौतमले नेपाली भूमी लिपुलेक सम्बन्धमा सन् २०१५ मे १५ मा गरेको दफा २८ खारेज गर्ने काम नै अहिलेको मुख्य मुद्धा रहेको बताएका थिए । उत्तरी क्षेत्रमा उच्च पहाड भएको कारण तारबार लगाउन असम्भब रहेको क्षेत्रबाहेक अन्य सबै क्षेत्रमा सीमा पार्खल लगाउने र आवश्यक परेको क्षेत्रमा पर्याप्त मात्रामा भन्सार आवत जावतको लागि नाका खोलिनु पर्ने समेत बताएका थिए ।

