आज यो वर्षकै बढी तापक्रम काठमाडौँमा

काठमाडौं । काठमाडौंको अधिकतम तापक्रम शुक्रबार ३४.४ डिग्री सेल्सियस मापन गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज यो वर्षका लागि अहिलेसम्मकै बढी तापक्रम मापन गरिएको हो । “यो यस वर्षका लागि आजसम्मको बढी तापक्रम हो,” महाशाखाका मौसमविद् अधिकारीले भने ।

यसअघि गएको शनिबार काठमाडौंको अधिकतम तापक्रम ३३.६ डिग्री सेल्सियस मापन गरिएको थियो । बिहीबार भने काठमाडौंको अधिकतम तापक्रम २९.८ डिग्री सेल्सियस मापन गरिएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.