अमेरिकी दूतावासले सन्दीपलाई भिसा दिन मानेन

जेठ ९, काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ।

बुधबार  लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो भिसा अस्वीकृत भएको जानकारी गराएका हुन् ।

नेपाल क्रिकेट संघको निर्णयअनुसार उनी वेस्टइन्डिज र अमेरिकामा यही जुनमा हुने टी-२० विश्वकप खेल्न जाने तयारीमा छ । नेपाली टोली यसअघि नै विश्वकप खेल्न गइसकेको छ।

अमेरिकी दूतावासले सन् २०१९ मा जस्तै फेरि एक पटक भिसा दिन अस्वीकार गरेको छु, उनले भनेका छन्, ‘विश्वकपमा खेल्ने चाहना पूरा हुन सकेन, मलाई माफ गरिदिनुस् ।’

सन् २०१९ मा पनि अमेरिकन दूतावासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । अमेरिकाले भिसा दिन अस्वीकार गरेको कुरा सामाजिक सञ्जालमा पोस्ट गरेपछि दूतावासले बोलाएर सन्दीपलाई भिसा दिएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.