चौथोपटक प्रधानमन्त्रीले पाए विश्वासको मत

जेठ ७, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । प्रधानमन्त्री दाहालले प्रतिनिधि सभामा कूल १५७ मत प्राप्त गरेका छन्।

उनको प्रस्तावको विपक्षमा कुनै पनि मत परेन भने मत दिन्न भन्ने पक्षमा १ मत परेको छ। नेपाली कांग्रेसले आजको संसद बैठक अवरुद्ध गर्ने मनसायले निरन्तर नाराबाजी गरिरहेको थियो र कांग्रेसले मतदानमा भाग लिएन। नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दहाललाई एमाले, रास्वपा, नेकपा एकीकृत समाजवादी, जसपाको समर्थन छ। सरकारमा सहभागी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिएका हुन्।

प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.