अनमोल राईलाई ‘मिस पिंक २०२४’ को उपाधिको ताज

जेठ ४, काठमाडौँ । ‘मिस पिंक २०२४’ को उपाधिको ताज अनमोल राईले पहिरिएकी छन् । राष्ट्रिय नाचघरमा बिहीबार सम्पन्न फाइनलमा उनी विजेता घोषित भएकी हुन् । उनले एक लाख नगद पुरस्कार समेत हात परेकी छन् ।

१८ प्रतिस्पर्धीबाट राई प्रथम घोषित भएकी हुन् । विजेता बनेकी उनी थाइल्यान्डमा आयोजना हुने मिस इन्टरनेसनल क्विनमा नेपालको प्रतिनिधि बनेर सहभागी हुन पाउने छिन् । त्यस्तै, फस्ट रनर अपको उपाधि जितेकी सरोसी न्यौपानेले ७५ हजार रुपैयाँ पाएकी छन् । सेकेन्ड अनरअपको उपाधि जितेकी आरोही बस्नेतले ५० हजार रुपैयाँ पाएकी छन् ।

लैंगिक तथा यौनिक अल्पसङ्ख्यक समुदायमाथि हुने घृणाविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसर पारेर यस प्रतियोगिता सम्पन्न गरिएको हो ।ब्लु सोसाइटीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक अधिकारका लागि ‘मिस पिंक’को आयोजना गर्दै आएको छ । ट्रान्स वुमनहरुको बौद्धिक तथा सौन्दर्य प्रतियोगिता स्वरूप आयोजना गरिँदै आएको छ ।

 तस्बिर : नेपाल फोटो लाइब्रेरी 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.