वैशाख १७, काठमाडौं । बागमती प्रदेशमा तामाङ र नेपाल भाषा सरकारी कामकाजको भाषाको रुपमा कार्यन्वयनको औपचारिक घोषणाको तयारी भएको छ ।
त्यसको लागि बागमती प्रदशे सरकारले आज मुल समारोह समिति गठन गरि घोषणा गरेको छ । यहि बैशाख १२ गते बसेको बागमती प्रदेश सरकार मन्त्रीपरिषद बैठकले बागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० शुभारम्भ घोषणा गर्ने निर्णय गरेअनुसार त्यसको तयारी तिब्र पारिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैशाख २४ गते बिहान ९ बजे वसन्तपुरमा घोषणा गर्ने कार्यक्रम तय भएको बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्रचार्यले जानकारी दिनुभयो । मन्त्री बज्रचार्यको संयोजकत्वमा आन समारोह सम्पन्न गराउन ३०३ सदस्य रहेको मुल समारोह समिति गठन गरिएको छ । काठमाडौंको खुसीबुमा आयोजित एक कार्यक्रममा ३०३ सदस्यिस मुल समारोह गठन गरी घोषणा गरिएको हो ।

समारोह समितिमा तामाङ भाषिक समुदायका तर्फबाट नेपाल तामाङ घेदुङकासाथै अन्य तामाङ संघसंस्थाहरु र नेपाल भाषाको समुदायको तर्फबाट नेवाः देय् दवुकाहरु सदस्य रहेका छन् । प्रदेश सरकारले बैशाख २४ गते प्रदशेभर सार्वजानिक विदा दिने र सोही दिन काठमाडौंको बसन्तपुरमा एक समारोह गरी कार्यन्वयनको औपचारिक घोषणा गर्ने निर्णय गरेको थियो । सरकारकोे निर्णय अनुसार बैशाख २४ गतेका दिन नै प्रदेश सरकारका सबै मन्त्रालयको साइनबोर्ड नेपाली भाषा (देवनगरी), तामाङ भाषा (तामयिक) र नेपाल भाषा( रन्जना) मा लेखिएका राखिनेछन् ।
त्यसदिन बागमती सरकारले भाषा ऐन कार्यन्वयन आउने दिनको रुपमा सार्वजानिक विदासमेत दिएकोले खुशीको दिनको लिदै आफुहरु घोषणा समारोह सफल बनाउने तयारीमा लागेको नेपाल तामाङ घेदुङका सह–अध्यक्ष कुमारसिं घिसिङले बताउनुभयो । उहाँका अनुसार २४ गते घोषणा समारोह अघि काठमाडौंका विभिन्न स्थानबाट झाँकीसहितको ¥याली निकालिनेछ । संविधानले दिएको अधिकार कार्यन्वयनका लागि बागमती प्रदेश सरकारले ऐन बनाएर कार्यन्वजयन गर्न लागेकोमा धन्यवाद दिदै सह–अध्यक्ष घिसिङले सबै जातजाति तथा भाषाभाषी समुदायलाई कार्यक्रममा सहभागि हुन अनुरोध पनि गर्नुभएको छ । बागमति प्रदेश सरकारले गत वर्ष कार्तिक २३ गते ‘बागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८०’ राजपत्रमा प्रकाशित गरेको थियो ।

