उपनिर्वाचन अपडेटः बझाङमा एमाले– कांग्रेस तीव्र प्रतिस्पर्धा, यस्तो छ मतान्तर

वैशाख १७, काठमाडौँ । बझाङ उपनिर्वाचनमा नेपाली काँग्रेस अगाडि छ । प्रदेशसभा निर्वाचन क्षेत्र १ (१) को लागि भएको उपनिर्वाचनको मतगणनाअनुसार अहिले काँग्रेस अगाडि छ । काँग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ९ हजार ४ सय ६८ मत पाएर अग्रता कायमै राखेका छन् ।

यस्तै, दोस्रो स्थानमा रहेका एमाले उम्मेदवार दमनबहादुर भण्डारीले ९ हजार ३ सय ४३ मत प्राप्त गरेका छन् । प्राप्त नतिजा अनुसार माओवादी केन्द्रका जनक बुढाले ३ हजार ५ सय ८७ मत प्राप्त गर्दा नेकपा एसका उमेदवार दिलबहादुर सिंहले २ हजार ३ सय ७३ मत प्राप्त गरेका छन् । नेपाली काँग्रेसका उम्मेदवार सिंह एमाले उम्मेदवार भण्डारी भन्दा २ सय ४१ मतले अगाडि छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.