संविधान सदस्य ठकुरीको ९ औँ स्मृति दिवसमा दीप प्रज्वलन

वैशाख १२, काठमाडौँ । संविधान सभा सदस्य चक्र बहादुर ठकुरीको ९ औँ स्मृति दिवसको अवसरमा जोरपाटी चोकमा दीप प्रज्वलन गरिएको छ ।

स्वतन्त्र विद्यार्थी युनियन परिषद नेपालले वुधबार साँझा जोरपाटी चोकमा स्वर्गीय ठकुरीको सम्झानामा दीप प्रज्वलन गरेको हो । स्व. ठकुरी वि.सं. २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पमा परि दिवंगत भएका थिए । उनी नेपाली काँग्रेसका काठमाडौँ क्षेत्र नं. ३ का तत्कालीन सभापति समेत रहेका थिए । काठमाडौँ क्षेत्र नं. ३ बाटै जननिर्वाचत ठकुरी काम विशेषले उपत्यका बाहिर निस्केको बेला भूकम्पमा परी निधन भएका थिए ।

सामाजिक सेवा र राजनीतिक क्षेत्रमा अब्बल क्षमता भएका चक्रबहादुर ठकुरीको निधनमा काठमाडौँ लगायत देशभरी दुःख व्यक्त गरेका थिए । उनको कुशल सांगठानिक क्षमताले गर्दा पार्टी कार्यकर्ता र स्थानीय समुदाय प्रभावित भएका थिए । उनको दिवंगत आत्माको शान्तिको कामना गर्दै आज स्मृति दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम राखिएको आयोजकले बताए । सो कार्यक्रममा काठमाडौँ क्षेत्र नं. ३ बाट निर्वाचित संघीय सांसद एवम् अर्थ विकास समितिका सभापति सन्तोष चालिसे, बागमति प्रदेश सभा सदस्य एवम् स्व. ठकुरीका छोरा विमल कुमार ठकुरी, गोकर्णेश्वर नगरपालिका प्रमुख दीपक रिसाल लगायत काँग्रेस नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.