मौलिक हकसम्बन्धी विधेयकलाई फास्ट ट्रयाकबाट अघि बढाइने

भदौ २८, काठमाडौं । मौलिक हकसम्बन्धी विधेयकलाई फास्ट ट्रयाकबाट अघि बढाइने भएको छ। सबै ऐन ३ असोजसम्म बनिसक्नुपर्ने संवैधानिक बाध्यता भएकाले सरकार छोटोबाट बाट ऐन पारित गर्ने बाटोमा लागेको छ ।

आजको प्रतिनिधिसभा बैठकमा आठ विधेयकमाथिको छलफल सुरु हुने भएको छ । संसदीय समितिले संशोधनसहित पारित गरेका विधेयकका प्रतिवेदन बिहीबार सदनमा पेस हुन लागेको हो । आजको प्रतिनिधिसभा बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका ज्येष्ठ सदस्य मुकुन्द न्यौपानले उपभोक्ता संरक्षण विधेयकसम्बन्धी समितिको प्रतिवेदन सदनमा पेस गर्ने कार्यक्रम रहेको प्रतिनिधिसभा सचिव गोपालनाथ योगीले जानकारी दिए ।

यसैगरी खाद्य अधिकारसम्बन्धी विधेयक, वैयक्तिक गोपनियतासम्बन्धी विधेयक, आवासको अधिकारसम्बन्धी विधेयकबारे समितिको प्रतिवेदन सदनमा पेस हुनेछन् । त्यस्तै सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, जनस्वास्थ्य विधेयक, अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी विधेयकको प्रतिवेदन पनि आज सदनमा पेस गर्नेछन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.