डढेलो नियन्त्रणका लागि सीसी क्यामेरा जडान

वैशाख ७, काठमाडौं। डढेलो नियन्त्रणका लागि विभिन्न डिभिजनल वन कार्यलयहरूले सीसी क्यामेरा राख्न सुरू गरेका छन् । जंगलमा लाग्ने अधिकांश डढेलो मानवीय कारणले भएको भन्दै नियन्त्रणका लागि सीसी क्यामेरा राख्न सुरू गरिएको हो ।

चुरोट सल्काएर सलाइको काँटी तथा चुरोटको ठुटा ज‌ंगलमा फाल्ने, जंगलमा घाँस पलाउने भन्दै जानाजान आगो लगाउनेलगायत मानवीय गतिविधिका कारण जंगलमा आगो लाग्ने गरेको डिभिजनल वन अधिकृतहरूको भनाइ छ । सीसी क्यामेरा जडान गरेर डढेलो लगाउनेलाई कानुनअनुसार कारबाहीको दायरामा ल्याउन वनविद्हरूले सुझाव दिएसँगै सिसी क्यामेरा जडान थालिएको हो । कपिलवस्तुका डिभिजनल वन अधिकृत विजय सुवेदीले मानिसले जानाजान जंगलमा आगो लगाउन थालेपछि नियन्त्रणका लागि सीसी क्यामेरा जडानको कार्य अगाडि बढाइएको बताए । “हाल दुईवटा सीसी क्यामेरा जडान भइरहेका छन् । अन्य स्थानमा पनि क्यामेरा जडान प्रक्रियालाई प्रथिमकतामा राखेर अगाडि बढ्ने योजना बनाएका छौँ”, उनले भने, “यति नगरे जंगलमा गएर आगो लगाउने गतिविधि नै रोकिएन । आगो लगाउनेलाई कारबाहीको दायरामा ल्याउनका लागि पनि क्यामेराले सहज हुनेछ ।”

नेपाल प्राविधिक संघका अध्यक्ष राकेश कर्णले पनि सीसी क्यामेरा जडान गरेमा डढेलो नियन्त्रणमा सहज हुने बताए । “अधिकांश वन डढेलो मानवले जानाजान लगाएका हुन्छन्, मानवीय गतिविधि नियन्त्रण गर्नका लागि पनि वन क्षेत्रमा सीसी क्यामेरा जडान गर्नु उचित हुन्छ”, उनले भने, “योलगायत वन व्यवस्थापनको क्रियाकलापलाई उच्च प्राथमिकता दिन जरूरी छ ।”

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.