गृहमन्त्रीको राजीनामा माग गर्दै नेविसंघको प्रदर्शन

वैशाख ५, काठमाडौं । उपप्रधान एव गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्रदर्शन गरेको छ ।

सहकारी प्रकरणमा छानविनका लागि मार्गप्रशस्त गर्नुपर्ने र राजीनामा दिनुपर्ने भन्दै नेविसङ्घले काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडि मशाल जुलुस सहित प्रदर्शन गरेका हुन् । सो क्रममा उनीहरूले रवि लामिछानेको पुत्ला दहन समेत गरेका छन् । सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रदर्शनका क्रममा उनीहरूले गृहमन्त्री राजीनामा दे, सहकारी ठगीको अनुसन्धान गर्नुपर्ने लगाएका नारा लगाएका थिए ।

सहकारी प्रकरणमा अनुसन्धानका लागि संसदीय छानविन समिति गठन गर्दा पनि सरकारले नमानेको र सरकारले सहकारी ठगहरूलाई जोगाउन खोजिएको भन्दै आन्दोलन गर्नुपरेको नेविसंघ अनुराज शाहले बताए । नेविसंघले लामिछानेमाथि अनुसन्धान नभएसम्म निरन्तर प्रदर्शन गर्ने जनाएका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.