पेट्रोलियम पदार्थको मूल्य बढ्यो

वैशाख ३, सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ।

नेपाल आयल निगमले सोमबार एक विज्ञप्ति जारी गर्दै मंगलबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेल लिटरमा तीन रूपैयाँ बढाएको जानकारी दिएको छ। भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। निगमका अनुसार आइओसीले पेट्रोलको भाउ लिटरमा दुई रूपैयाँ ९६ पैसा र डिजेलको तीन रूपैयाँ ४६ पैसा बढाएर नयाँ मूल्य पठाएको छ।

निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ। पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १७५ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। डिजेल र मट्टीतेल लिटरको १५८ रूपैयाँ ५० पैसा पर्नेछ। त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १७७ रूपैयाँ प्रतिलिटर पर्नेछ। डिजेल र मट्टीतेल लिटरको १६० रूपैयाँ पर्नेछ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.