नेशनल मेडिकल कलेजका एमडी र ल्याब प्रमुख पक्राउ

चैत २६, काठमाडौं । वीरगञ्जको नेशनल मेडिकल कलेजमा प्रहरीले छापा मारेर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेडिकल कलेजका म्यानेजिङ डाइरेक्टर (एमडी) सहनवाज अन्सारी र ल्याब प्रमुख सञ्जय साह छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले सोमबार दिउँसो पक्राउ गरेको हो ।

मेडिकल कलेजले म्याद गुज्रिएका सामग्री प्रयोग गर्ने गरेका गुनासो आएपछि प्रहरीले अनुसन्धान गरेको थियो । सो क्रममा म्याद गुज्रिएका सामग्री बरामद गर्नुका साथै दुई जनालाई पक्राउ गरिएको पर्सा प्रहरीका प्रमुख एसपी कुमोध ढुंगेलले जानकारी दिएका छन् । नेशनल मेडिकल कलेजको ब्लक (ए) मा रहेको प्रयोगशाला (ल्याब) मा अनुगमन टोलीले छापा मारेको हो।

छापामारीमा सन २०१९, २०२०, २०२१ र २०२२ सम्मको म्याद सकिएको औषधी फेला परेको पर्सा प्रहरीले जनाएको छ। उनका अनुसार ल्याबमा छापामारी गर्दा म्याद नाघेको (डेट एक्सपायर) केमिकलहरु बरामद भएको छ। बरामद सबै केमकिलबारे अनुसन्धानका लागि बाँकी प्रक्रिया अगाडि बढाइएको अनुगमन टोलीले जनाएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.