गायक निशान भट्टराई पत्नी ऋचा न्यौपानेबीच सम्बन्ध विच्छेद

चैत २६, काठमाडौं  । गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेबीच सम्बन्ध विच्छेद (डिभोर्स) भएको छ । सम्बन्धमा दरार आएपछि उनीहरूले सहमतिमै वैवाहिक सम्बन्धनलाई टुङ्ग्याएका हुन् । चैत ७ गते काभ्रे जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले सम्बन्धबिच्छेदको आदेश दिएको हो ।

अदालतको आदेशमा भनिएको छ, ‘प्रस्तुत मिलापत्रको ब्यहोरा, त्यसको मतलब र परिणाम समेत दुवै पक्षलाई पढीबाची लेखिएबमोजिम पति पत्नीबीचको सम्बन्धविच्छेद हुने गरी मिलापत्र गर्न सहमत भई दुवै पक्षहरुले सहीछाप समेत गरेकाले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ बमोजिम प्रस्तुत मिलापत्र प्रमाणित गरिदिएको छ ।’

२०७७ सालमा यी दुईबीच कानुनी विवाह भएको थियो । दुई वर्षको प्रेम सम्बन्धलाई उनीहरूले कानुनी विवाहमा परिणत गरे पनि सम्बन्ध लामो समय टिक्न नसकेको हो । निशान नेपाल आइडलको पहिलो सिजनको फस्ट रनरअप हुन् भने पछिल्लो समय उनी चल्तीका गायक हुन् । ऋचा भने मोडलिङ पेशामा आबद्ध छिन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.