मध्यराति रक्सी पिएर हल्ला गरेपछि राजेशपायलसहित ३ जना पक्राउ

चैत २२, काठमाडौं । गायक राजेशपायल राईसहित तीनजना कलाकार पक्राउ परेका छन् । मादक पदार्थ सेवन गरी होहल्ला गरेको आरोपमा प्रहरीले गएराति उनीहरुलाई काठमाडौंको थापागाउँबाट पक्राउ गरेको हो ।

मदिरा पिएर होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । होहल्ला नगर्न आग्रह गर्दा पनि अटेर गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

उनीहरूलाई अहिले प्रहरी वृत्त परिसर बानेश्वरमा राखिएको छ । पछिल्लो समय गायक राई रेष्टुरेन्ट व्यवसायमा समेत संलग्न छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.