राष्ट्रको आवश्यकता विकास र समृद्धि – गृहमन्त्री

भदौ २६ काभ्रे । गृहमन्त्री रामबहादुर थापाले राष्ट्रको आवश्यकता विकास र समृद्धि रहेको बताउनुभएको छ ।

काभ्रेको बनेपामा जिल्ला सहकारी सङ्घले आज आयोजना गरेको ५१औँ स्थापना दिवस तथा ३७ औँ वार्षिक साधारणसभा कार्यक्रममा बोल्नुहुँदै उहाँले देशको विकास र समृद्धिको अभियानमा सहकारी संस्थाले गरेको क्रियाकलापले महत्वपूर्ण भूमिका पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “विकास र सृमद्धि भनेको नै सामाजवाद हो यसले मात्रै मुलुकमा आर्थिक परिर्वतन ल्याउन सक्छ ।”

उहाँले अब सहकारी संस्थाले उत्पादन र आर्थिक क्षेत्रमा साना–साना पूँजीलाई सङ्कलन गरेर ठूलो पूँजीमा परिणत गर्ने र त्यहीबाट ठूलो व्यवसाय गर्ने बाटोतर्फ उन्मुख हुनुपर्ने बताउनुभयो । कार्यक्रममा जिल्ला सहकारी सङ्घको स्थापनाकालदेखि महत्वपूर्ण योगदान पु¥याउने व्यक्ति र सङ्घ÷संस्थालाई सम्मान गरियो । गृहमन्त्री थापाले जिल्ला सहकारी सङ्घले प्रकाशन गरेको सहकारीसम्बन्धी पुस्तक जुइनोको दोस्रो अङ्क विमोचन गर्नुभयो । यसैबीच सोही कार्यक्रमपश्चात पत्रकारसँग सङ्क्षिप्त कुराकानी गनुहुँदै गृहमन्त्री थापाले गृहमन्त्रालयको काम शान्ति सुरक्षा दिने भएकाले निर्मला पन्त हत्याको अनुसन्धानका लागि गठित उच्चस्तरीय छानविन समितिका सदस्य वीरेन्द्रबहादुर केसीले दिनुभएको राजीनामाको सम्बन्धमा छानविन गरिरहेको बताउनुभएको छ ।

सोही अवसरमा उहाँले मन्त्री फेरबदल हुने भन्ने कुरा हल्ला मात्रै भएको बताउनुहुँदै पार्टी एकताको प्रक्रिया चलिरहेको र पूर्ण नभएकाले अस्तव्यस्त जस्तो देखिए पनि असन्तोष र असहमति नभएको बताउनुभयो । –रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.