मलामी गएका दुई सुनकोशीमा बेपत्ता

भदौ २६, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा सुनकोशी नदीले बगाउँदा सोमबार दुई जना बेपत्ता भएका छन ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार चौरीदेउराली गाउँपालिका–८ का १४ वर्षीय प्रदीप पहरी र सोही ठाउँका १८ वर्षीय आशिष पहरीलाई पौडी खेल्ने क्रममा सुनकोशीले बगाएको हो ।

गाउँकै सुनिल पहरीको मलामी गएका दुवै जना महादेवस्थान नजिकबाट पौडी खेल्ने क्रममा बगेका हुन ।

इलाका प्रहरी कार्यालय कात्तिके देउरालीबाट प्रहरी निरीक्षक कञ्चन राजचल नेतृत्वको टोली तथा स्थानीयवासी उनीहरुको खोजीकार्यमा जुटेका छन । रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.