पदलाई महत्व नदिएकाले गठबन्धनमा छौँ : अध्यक्ष नेपाल

चैत ३, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूले पदलाई महत्व नदिएकाले अर्को गठबन्धन बन्न नपाएको बताएका छन् ।

शनिबार काभ्रेमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले पदलाई महत्व नदिएकै कारण पार्टी अहिलेको सत्ता गठबन्धन र सरकारमा सहभागी भएको बताए । यो सरकारमा सहभागी भएर जाने कुरामा झण्डै झण्डै दुर्घटना भइसकेको थियो । दुर्घटना के भइसकेको थियो भन्दाखेरि हामीलाई अलिक समयमा सूचना नमिलेको हुनाले अर्कै गठबन्धन बन्छ कि भन्ने पनि आइसकेको थियो’, उनले भने । तर जसरी पनि प्रधानमन्त्री हुनुपर्छ भनेर नलाग्दा यो सरकारमा सहभागी भएको बताए ।

‘हामीले पदलाई महत्व दिएनौं, जसरी पनि प्रधानमन्त्री हुनुपर्छ भन्ने होइन । जसरी पनि यो देशमा विकास निर्माणको काम अगाडि बढ्नुपर्छ, सुशासन कायम हुनुपर्छ’, अध्यक्ष नेपालले भने, ‘त्यसका निम्ति परिवर्तनकारी शक्तिहरु, समाजवादी शक्तिहरु मिलेर अगाडि बढ्नुपर्छ भन्ने पक्षमा रहेका छौं ।’

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.