आठ जनालाई ‘नइ बाल पुरस्कार’

फागुन २२, काठमाडौँ। नइ प्रकाशनले आआफ्नो ठाउँबाट प्रतिष्ठा आर्जन गर्ने चार वर्षदेखि १५ वर्षसम्मका आठ जना बालबालिकालाई २०७९ सालको ‘नइ देरुनीखपू बाल पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ।

‘नइ देरुनीखपू बाल पुरस्कार’बाट पुरस्कृत हुनेमा बहुआयामिकतर्फ आयुषा लम्साल, साहित्यतर्फ कुञ्जल शुभेच्छुक लुइँटेल, चित्रकलातर्फ रेजिना बोहोरा, सङ्गीततर्फ इसा प्रजापति, नृत्यतर्फ कृष्मा ढुङ्गाना, खेलकुदतर्फ आहाना कार्की छन्। ताम्रपत्रसहित यी पुरस्कारका राशि जनही १० हजार रुपियाँ रहेका छन्।

यसैगरी नृत्यमा नइ कोपिला पुरस्कार ऋषिका घिमिरे र नइ चिचिला पुरस्कार श्रेस्मी दाहाललाई समर्पण गर्ने निर्णय भएको छ। ताम्रपत्रसहित यी पुरस्कारका राशि सात हजार र पाँच हजार रुपियाँ रहेका छन्। नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईँको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो। आगामी चैत ३० गते काठमाडौँमा २०७९ सालका सम्पूर्ण नइ पुरस्कार समर्पण गरिनेछ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.