हरिपुर्वा नपामा हाकिम सरुवा प्रकरणमा मेयर साहको चरम चलखेल

सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिकामा नाटकिय ढंगले भइरहेको हाकिम सरुवा प्रकरणमा मेयर विनोद कुमार साहले चरम चलखेल गर्दै आएको कुरा खुलासा भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद यादवको सरुवामा मेयर साह आफ्नो पदको चरम दुरुपयोग गर्दै प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा गराउँदै आएका छन् । नगर प्रमुख साहले २०८० साल पुस २६ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरिदिनका लागि मिति २०८० पुस २५ गते बसेको नगर कार्यपालिका बैठकको निर्णय अनुसार त्यहाँ कार्यरत रहेका प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद यादवले असहयोग गरेको र निर्देशन पालना नगरेकोले निजको अविलम्ब अन्यत्र सरुवा गरिदिनका लागि पठाएको पत्रबाट प्रष्ट भएको छ ।

सोही पत्र अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले माघ ३ गते यादवलाई स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ को उपदफा (४) बमोजिम मन्त्रालयको अतिरिक्त समुहमा दरबन्दी कायम रहने गरि सिरहा नगरपालिका, सिरहामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा गरेको थियो । उक्त पालिकामा विगत लामो समयदेखि मेयर साहले प्रमुख प्रशासकीय अधिकृतको सरूवामा चलखेल गरेकै कारण सामाजिक सुरक्षा भत्ता वितरण, शिक्षक तथा कर्मचारीहरूको तलब, भत्ता भुक्तानी लगायतका कार्यहरुको साथै नगर विकासको कामहरु ठप्प रहेको छ ।

मेयर साह आफुले गरेका भ्रष्टाचारका फेरिहस्त सुरक्षित अवतरण गर्नका लागि आफ्नो अनुसार चल्ने व्यक्तिनै प्रमुख प्रशासकीय अधिकृत चाहिन्छ भनेर विभिन्न निकायमा दबाब दिइरहनुमा शंका गर्न सकिन्छ । पालिका ठप्प पारेर मेयर साहले आफ्नो स्वार्थ पुर्ति गर्न र पालिकामा गरेका भ्रष्टाचारका कागजपत्र मिलाउन आफु अनुकुलको प्रमुख प्रशासकीय अधिकृतलाई पटकपटक सरुवा गराउन अग्रसरता देखाइरहेको कर्मचारीवृत्तमा चर्चा छ ।

फागुन ७ गते मेयर साहले गुपचुप तरिकाले ११औं नगरसभा गर्न खोजेपछि हरिपुर्वामा झडप समेत भएको थियो । नगरपालिकाले आ।व। २०८० ÷ ०८१ को वार्षिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्न नपाउदै नगरसभा झडपमा परिणत भएर स्थगित भएको थियो । नगरसभा कानुन अबैध भएको र मेयर साहले नगरसभामा ल्याएको माइन्युट पुर्व पश्चिम् राजमार्ग स्थित लालबन्दीमा तयार गरि फर्जी हस्ताक्षर सहितको माइन्युट भएकोले स्थानीय जनप्रतिनिधि र जनताहरुले नगरसभा बिथोलेका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.