गलत तथ्यमा उभिएर गौरव कायम गर्न नसक्ने भन्दै फोजिनले बुझाए स्मरणपत्र

फागुन १६, काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले सत्यनारायणबहादुर श्रेष्ठलाईनेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गर्न सात दिने अल्टिमेटम दिएको छ ।

गलत तथ्यलाई सच्याएर पत्रकार महासंघको गौरवमयइतिहासलाई सम्मान गर्न माग गर्दै फोनिजका केन्द्रीय अध्यक्ष गजुर्धन राईले महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेललाई आन्दोलनको अल्टिमेटमसहित सो स्मरणपत्र बुझाएका हुन् । स्मरण पत्र बुझ्दै पत्रकार महासंघका अध्यक्ष पोखरेलले पत्रकार महासंघ गलत तथ्यको आधारमा रम्न नचाहेको उल्लेख गर्दै प्राप्त तथ्य र प्रमाणको आधारमा इतिहास सच्याउने पक्षमा रहेको बताएका छन् ।अध्यक्ष पोखरेलले महासंघको यही फागुन १९ गते बैठक रहेकाले त्यसमा सो विषय प्रवेश गराई छलफल गराउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।यसअघि फोनिजका अध्यक्ष राईले माग अनुसार एक साताभित्र स्वर्गीय श्रेष्ठलाई महासंघको संस्थापक कायम गर्न प्रक्रिया सुरु नगरे देशव्यापी आन्दोलनमा उत्रिने चेतावनी दिए ।

साथै फोनिज केन्द्रीय समितिसँगै देशभरका फोनिज शाखाले पत्रकार महासंघको जिल्ला शाखाहरुलाई पनिस्मरणपत्र बुझाएको छ । यसअघि२०७९ सालमासमेत फोनिजले महासंघलाई आफ्नो माग सुनुवाइका लागि ज्ञापन पत्रबुझाएको थियो । माग पूरा नभएपत्रकार महासंघको केन्द्रसहित देशैभरका कार्यालयहरुमा अनिश्चितकालीन तालाबन्दी गर्ने फोनिजले जनाएको छ । यसैबीच, महासंघका महासचिव रोशन पुरीले आजै फोनिजलाई पत्र लेख्दै वार्ताको माध्यमबाट समस्या समाधानका लागि आग्रह गरेका छन् । फोनिजको अल्टिमेटम सहितको स्मरणपत्रले महासंघको गम्भीर ध्यानाकर्षण भएको बताउँदै उनले वार्ता र संवादमा आउन फोनिजलाई आग्रह गरेका हुन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.