फागुन १३, काठमाडौं । ‘मिस तामाङ-२०२४’को उपाधि रिया लामा स्याङ्तानले जितेकी छन् ।
मम्स इन्टरनेशनल नेपालद्वारा शनिबार आयोजित मिस तामाङको याे १६औँ संस्करण हाे । रियाले आफ्ना १४ प्रतिस्पर्धीलाई उछिन्दै ‘मिस तामाङ-२०२४’को ताज आफ्नो पोल्टामा पारेकी हुन् । उनलाई ‘मिस तामाङ-२०२३’ की विजेता पासाङयाङ्जी तामाङले ताज पहिरिदिएकी थिइन् ।
प्रतियोगिताको फस्ट रनरअप स्मृति योन्जन र सेकेन्ड रनरअप अमृता लामा तामाङ भए । शीर्ष विजेता रियाले ताजसहित नगद १ लाख प्राप्त गरेकी छन् भने फस्ट रनरअप स्मृतिले ५० हजार र सेकेन्ड रनरअप अमृताले ३० हजार रुपैयाँ पुरस्कारसहित क्राउन र गिफ्ट ह्याम्पर पाए । प्रतियोगितामा थर्ड रनरअप पेमाडोमा लामा भएकी छन् ।

