हिम्मत नहारेका दृष्टिबिहिन खेलाडी

फागुन ११, बाँके । कञ्चनपुरका रवीन्द्र बोहोरा उमेरले भर्खरै १८ वर्ष प्रवेश गर्नुभयो । दृष्टिबिहिन भएपनि पेशाले उहाँ क्रिकेट खेलाडी हो। उहाँले क्रिकेट खेल्न थालेले एक बर्ष पनि पुगेको छैन।आफूले भर्खर भर्खर क्रिकेट सिकिरहेको बोहोरा बताउनु हुन्छ ।

खेल खेल्न सुरु भर्खर भर्खर गरेपनि मङ्गलवार कोहलपुरमा सम्पन्न नेत्रहीन क्रिकेट टुनामेन्टको उपाधि जितेकोमा उहाँ खुसी व्यक्त गर्नुहुन्छ। पहिलो खेलमै उपाधि जिँत्दा खुसी देखिनुभएका बोहोरा नेत्रहीन क्रिकेट सङ्घले आयोजना गरेको दुनामेन्टको सबैभन्दा कान्छा खेलाडी हुनुहुन्छ। ‘पहिलोपटक खेलेको१ उपाधि पनि जिते निकै खुसी लाग्यो’, उहाँले भन्नुभयो । आगामी दिनमा क्रिकेट नै खेल्ने उहाँको योजना छ। उपाधिले उहाँलाई धेरै उत्साहित बनाएको छ भने क्रिकेटप्रति अझ बढी रुचि जगाएको छ। ‘पहिलोपटक ब्याट र बल समाउँदाको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, ‘आँखा देख्नेले खेल्छन् भन्ने सुनेको थिए। आँखा नदेख्नेले पनि खेल्न सक्दा रहेछन् भन्ने बल्ल आफैले खेलेपछि थाह पाएँ।’

यस्तै अर्का दृष्टिबिहिन खेलाडी पदम बहादुर भण्डारीले क्रिकेट खेल्न थालेको वर्षौ भइ‌सक्यो । राष्ट्रिय अन्तर्राष्ट्रिय खेल खेलिसक्नु भएका कन्चनपुर टिमका क्याप्टेनसमेत रहनुभएका भण्डारीले कोहलपुरमा भने पहिलोपटक खेलेको बताउनु भयो। तर यसअघि उहाँले नेत्रहीन क्रिकेट संघ बाँकेबाट क्रिकेट खेल्ने गरेको बताउनु भयो। टिमले राम्रो खेल्यो। हामीले उपाधि जित्यौँ। उपाधि जित्दा निकै खुसी लागेको उहाँले बताउनु भयो। भण्डारीले २०७५ सालबाट क्रिकेट खेल्न थाल्नुभएको हो । उहाँले राष्ट्रिय टिमबाट पनि क्रिकेट खेलिसक्नु भएको छ। उक्त टिमकै मनोज गुप्ता जो १४ र१५ वर्षकै उमेर देखि क्रिकेट खेल्ने गरेको बताउनु हुन्छ। उहाँले पनि देश भित्र र देश बाहिर विदेशमा गएर धेरै पटक क्रिकेट खेलिसक्नु भएको छ। मनोज क्रिकेट सङ्गै मार्सलआर्ट र फुटबल खेलाडीसमेत भएको बताउनु हुन्छ ।

बैतडीका नरेन्द्र विष्टले त झन् क्रिकेट खेलेको दोस्रो पटकमै उपाधि जित्न सफल हुनुभयो । पहिलोपटक बैतडीबाट काठमाडौँ पुगेर उहाँले क्रिकेट खेल्नु भएको थियो। कञ्चनपुरका हेमबहादुर खत्रीले पनि क्रिकेट खेल्न चालेको १० वर्ष पुगिसक्यो । उहाँले धेरै ठाउँमा क्रिकेट खेल्नको लागि पुग्ने गरेको बताउनु भयो । आत्मबल अनि क्रिकेट खेलको नियमित अभ्यासपछि निखारता ल्याउन सकिने दृष्टिबिहिन खेलाडीहरूको अनुभव रहेको छ।

 

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.