प्रधानन्यायाधीशमा प्रस्तावित मिश्रको नाम अनुमोदन

काठमाडौं । प्रधानन्यायाधीशमा प्रस्तावित ओमप्रकाश मिश्रको नाम अनुमोदन गरिएको छ । सोमबार संसदीय विशेष समितिबाट प्रस्तावित प्रधानन्यायाधीशमा मिश्रको नाम अनुमोदन गरेको हो ।

संसदीय सुनुार्इ समितिले आइतबार मिश्र माथि परेका उजुरी माथि छलफल गरेको थियो । सोहि उजुरीका आधारमा आज संसदीय सुनुवाई समितिले मिश्रसँग सवाल जवाफ गरिसकेपछि मिश्रको नाम अनुमोदन गरेको हो । संसदीय सुनुवाइ समितिले मिश्रको नाम अनुमोदन गरेसँगै राष्ट्रपतिले नियुक्त गर्ने संबैधानिक व्यबस्था रहेको छ । संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस गरिएका दीपकराज जोशीको नाम संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेपछि भदौ ७ मा बसेको परिषद् बैठकले मिश्रको नाम सिफारिस गरेको थियो ।

मिश्रविरुद्ध सशस्त्र प्रहरीका तत्कालीन डीआईजी रञ्जन कोइरालाको मुद्दामा आफ्ना नातेदारको पक्षमा पर्ने गरी फैसला गरेको, फौजदारी अभियोग लागेका ४ जनालाई सफाइ दिएको लगायतका उजुरी परेका थिए । गत फागुन ३० गते तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएपछि सर्वोच्च अदालत विगत ६ महिनादेखि कायममुकायमको भरमा चलिरहेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.