फागुन ४, काठमाडौँ । काभ्रेको रोशी गाउँपालिका स्थित वडा नं. ३ मा रहेको श्री बालज्योति प्रा.वि भण्डारे र श्री भुमेश्सथान प्रा.वि मसराङ्गीमा अध्ययनरत बालबालिकालाई न्यानो कपडा तथा स्टेशनरी सामग्री वितरण गरेको छ ।

विहिबार स्कटल्याण्ड निवासी समाजसेवी रूपेश श्रेष्ठको सहयोगमा प्रारम्भ खबरका व्यवस्थापक किशोर श्रेष्ठ, सम्पादक भीम लामा, पत्रकार युरेशन सुब्बा र अम्बिका नेपालीको टोलि दुई विद्यालयका करिब ३५ जना बालबालिकालाई सामग्री वितरण गरेका हुन् ।

न्यानो कपडाले साना विद्यार्थीहरूलाई राहत पुगेको र विद्यालय आउन थप हौसाला मिल्ने स्थानीय समाजसेवी पूर्णमान लामाले बताए । कपडा तथा स्टेशनरी सामग्री सहयोग गरेको धन्यवाद दिदै विद्यालयका शिक्षक दशरथ तुम्सिङले आगामी दिनहरूमा यस्तै सहयोगको अपेक्षा गरेका छन् । सहयागी दाताले गरेको साथ सहयोगलाई अभिभावक र स्थानीय बुद्धिजीवीहरूबीच जानकारी गराउँदै आगामी दिनहरूमा पनि रचनात्मक सहयोगको लागि आग्रह गरे ।

मगर समुदायका स–साना बालबालिकालाई न्यानो कपडा वितरण कार्यक्रममा बालज्योतिका शिक्षक दशरथ तुम्सिङ, परिचर लोकबहादुर राना, श्री भुमेस्थान प्रा.वि.का शिक्षकद्वय रामहरी थापा र खुशबहादुर राना तथा स्थानीय समाजसेवी पूर्णमान लामा, दिलबहादुर तुम्सिङ, तिलकबहादुर राना, इन्द्रबहादुर मसराङ्गी लगायतको सहभागी रहेका थिए ।



