कोकिला मिडियालाई विज्ञापन कारोबार रोक्का गर्ने विज्ञापन बोर्डको निर्णय

माघ २९, काठमाडौं । विज्ञापन बोर्डले कोकिला मिडिया नामको विज्ञापन एजेन्सीलाई १० हजार रुपैयाँ जरिवाना र विज्ञापन कारोबार रोक्का गरेको छ ।

कोकिला मिडियाले तोकिए भन्दा बढी शुल्क लिएको ठहर गर्दै विज्ञापन बोर्डले १० हजार रुपैयाँ जरिवाना र विज्ञापन कारोबार रोक्का गरेको हो । सोमबार बोर्डले एक विज्ञप्तिमार्फत नसर्ने रोग रोकथाम तथा नियन्त्रण सम्बन्धी विज्ञापन प्रसारण गर्न राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रसँग एजेन्सीले गत असोज १२ गते गरेको सम्झौता विपरीत अत्यधिक सेवा शुल्क लिने गरी विज्ञापन प्रसारणको आदेश दिएको पाइएकोले जरिवानाका साथै २०८१ असार मसान्तसम्म विज्ञापन कारोबार रोक्का गर्ने जनाएको छ ।

कोकिला एजेन्सीले केन्द्रसँग विज्ञापन प्रसारणबापत प्रति स्पट १०६.६१ रुपैयाँमा मा सम्झौता गरी एफएम रेडियोमा प्रति स्पट ११.११ रुपैयाँमा प्रसारण आदेश दिई प्रति स्पट ९८.५० अर्थात ९८६.५८ प्रतिशत सेवा शुल्क लिने तयारी गरेको पाइएको छ ।

सो विज्ञापन एजेन्सीले ५२ वटा एफएमबाट विज्ञापन प्रसारण गर्नुपर्नेमा २० वटाबाट मात्र गरेको पनि बोर्डले जनाएको छ । बोर्डले राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रलाइ पनि बोर्डमा सूचीकृत विज्ञापन एजेन्सी र सञ्चार माध्यमसँग मात्र विज्ञापन कारोबार गर्न निर्देशन दिएको छ ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.