शिक्षक सेवा परीक्षा सफलताका लागि महत्वपूर्ण सुत्रहरु

काठमाडौं । यतिबेला अढाई लाख परीक्षार्थी आफ्नो भविश्य निर्माणको पर्खाईमा छन् । असोजमा हुन गईरहेको प्रावि, निमावी र मावी गरि तिनै तहमा १२ हजार ३ सय ३९ सिटको लागि कडा प्रतिस्पर्धा हुने देखिएको हो । परीक्षार्थीसँग अत्यधिक भएकाले प्रतिस्पर्धा निकै कडा हुने भएको हो । त्यसको लागि परीक्षार्थीहरुले आफ्नो तयारी थालेका छन् ।

परीक्षालाई मूल्यांकनको विश्वसनिय, भरपर्दो, प्रचलित र उपयुक्त माध्याम वा तरीका मानिन्छ । शिक्षाशास्त्र संकायको अध्ययन गरेर र अन्य संकाय अध्ययन गरेर तालिम पुरा गरेर अध्यापन अनुमति पत्र प्राप्त गरेका लाखौ विद्यार्थीहरु कसरी शिक्षक सेवामा सफलता प्राप्त गर्न सकिन्छ ? कहाँ गएर तयारी गर्ने ? कस्ता सामाग्रीहरु अध्ययन गर्ने ? परीक्षामा कसरी लेख्ने आदि कुरामा गम्भिर रुपमा सोच्ने, साथीहरुसँग छलफल गर्ने गरि रहनु भएको होला ?

भने विभिन्न संस्थाहरुले शिक्षक सेवा आयोगको तयारी कक्षा पनि सन्चालन गरिरहेका छन् । यो आलेखमा कसरी तयारी गर्ने, कहाँ बसेर तयारी गर्ने, के कस्ता सामाग्रीहरु अध्ययन गर्ने, अध्ययन गरेको कुरा परीक्षामा कसरी लेख्ने आदि विषय वस्तुमा केन्द्रित रहेर केही टिप्स दिईएको छ ।

१. अध्ययन सामाग्रीको असल छनोटः
अध्ययनलाई स्तरिय, राम्रो र व्यवस्थित गर्न आधिकारीक र स्तरिय सामाग्रीको छनौट गर्नुपर्दछ । बजारमा विभिन्न किसिमका सामाग्रीहरु सजिलै पाइन्छन् । शिक्षक सेवाको सबैभन्दा महत्वपूर्ण कुरा अध्ययन सामाग्रीको छनोट हो । यस्ता सामाग्रीहरुबाट आफुलाई आवश्यक पर्ने आधिकारीक सामाग्री छनौट गर्दा निम्न कुरामा ध्यान दिनुपर्दछ:
– शिक्षक सेवा आयोगले निर्धारण गरेको पाठ्यक्रम लिने
– सम्बन्धित तहको विद्यालय तहको पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षक निर्दे्शिका लिने
– शिक्षा ऐन, नियामवली, नेपालको संविधान लिने
– विभिन्न शिक्षा आयोगका प्रतिवेदन र विभिन्न शिक्षा सम्वन्धि कार्यक्रमहरु तथा तिनको प्रतिवेदनहरु https://tsc.gov.np,   बाट डाउनलोड गर्न पनि सकिन्छ ।
– शिक्षक सेवा आयोगका लागी तयार पारिएका गाइडहरु कम्तिमा दुई ओटा सम्म, शैक्षिक इतिहास र शैक्षिक सामान्य ज्ञान लिने

२. तालिका बनाएर अध्ययन गर्नेः
अध्ययनलाई व्यवस्थित बनाउन दैनिक समय तालिका निर्माण गर्नुपर्दछ । जसले संकलित शैक्षिक सामाग्रीहरु सबैलाई समयमै अध्ययन गर्न सहयोग गर्दछ । समय तालिकामा कुन समयमा कुन सामाग्री अध्ययन गर्ने भन्ने कुरा निर्धारण गर्नुपर्दछ । तपाईले एउटा विषयलाई धेरै समय र अर्कोलाई कम दिँदा तपाईको तयारी पुरा नहुन सक्छ । शिक्षक सेवाले निर्धारण गरेको पाठ्यक्रम अनुसार विषयलाई बढी महत्व, कम महत्व छुट्याएर समय तालिका अनुसार अध्ययन गर्नुपर्दछ ।

३. गहिराई सम्म अध्ययन गर्नुपर्छः
शिक्षक सेवा पास गर्ने सबैभन्दा महत्वपूर्ण कुरा अध्ययन हो । राम्रो समय तालिका बनाउने र आधिकारीक शैक्षिक सामाग्रीले मात्र तपाईको तयारी पुरा हुँदैन् । त्यसको लागी अध्ययनलाई निरन्तरता दिने, कडा मेहनत गर्ने र पढेको कुरालाई स्मरण गर्ने गर्नुपर्दछ । अध्ययन गर्ने तरिका व्यक्तिपिच्छे फरक–फरक हुन्छन् ।

४. पूर्व योजनाः
अध्ययन सामाग्रीको असल छनोट, तालिका बनाएर अध्ययन गर्ने, गहिराई सम्म अध्ययन गरेर मात्र हुँदैन यसका अलवा मानसिक तनावको व्यवस्थापन गर्ने, अनिदो नबस्ने, खानपिनलाई सन्तुलित बनाउने, परीक्षाहलमा कसरी लेख्ने भनेर पुर्व योजना बनाउनुपर्छ ।

सबै प्रश्नको राम्रो उत्तर लेख्दा लेख्दै कुनै एउटा प्रश्न लेख्न समय नपुगेर छुटेमा प्रतिशपर्धामापछि परिन्छ । त्यसैले सामाग्री संकलन, समय तालिका निमार्ण र प्रयोग, गहन अध्ययन र लेखन सिपको निखार्ताले सफलता मिल्नेछ । त्यसको लागि परीक्षार्थीले निरन्तर लगाव दिनुपर्छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.