भदौ २५, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरण छानबिनका लागि गठित उच्चस्तरीय छानबीन समितिका एक सदस्यले राजीनामा दिएका छन् ।समितिमा ७ नम्बर प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट प्रतिनिधित्व गरेका उपसचिव विरेन्द्र केसीले पदबाट राजीनामा दिएका हुन् ।
भदौं ७ गते गठित समितिले तोकिएको १५ दिनभित्र प्रतिवेदन नबुझाएपछि आइतबार सरकारले समितिको म्याद १५ दिन थपेको थियो । तर म्याद थपिएपछि समितिका सदस्य केसीले पदबाट राजीनामा दिएका हुन् । उनले समितिको म्याद थप गर्दा कानूनी समस्या आउने भएकाले राजीनामा दिएका बताएका छन् । समितिको म्याद बढाएर ३० दिन पुर्याउँदा कानूनी अड्चन आउने उनको दावी छ । अभियुक्तलाई नै २५ दिनभन्दा बढि हिरासतमा राख्न नपाईने अवस्थामा समितिको म्याद बढाएर ३० दिन पु¥याउन हुन नहुने उनको तर्क छ । आफुले म्याद नथपेर तत्कालै प्रतिवेदन दिनुपर्ने बताए ।

