सहकारी ठगेर फरार अभियुक्त कतारबाट पक्राउ, नेपाल ल्याइयो

माघ २६, काठमाडौं । सहकारी ठगीमा फरार रहेका एक अभियुक्तलाई प्रहरीले कतारबाट पक्राउ गरेर नेपाल ल्याएको छ ।

काठमाडौंको तिनकुनेस्थित नमस्ते बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक गणेश सिजापतिलाई प्रहरीले कतारबाट पक्राउ गरी नेपाल ल्याएको हो । बाँकेको नेपालगन्ज घर भएका उनीविरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी भएको थियो । इन्टरपोलको सहयोग र कतार प्रहरीसँगको समन्वयमा उनलाई नेपाल ल्याइएको नेपाल प्रहरीले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.